२०८३, २० श्रावण बिहीबार

काभ्रेको मण्डनदेउपुर र भुम्लुमा ईकोहिमालले बनाइदियो पक्की विद्यालय भवन

काभ्रेको मण्डनदेउपुर र भुम्लुमा ईकोहिमालले बनाइदियो पक्की विद्यालय भवन


काठमाण्डौँ, ७ माघ : ईकोहिमाल नेपालले भूकम्पपछि क्षति पुगेको काभ्रेको मण्डनदेउपुर नगरपालिका र भूम्लु गाउँपालिकामा ३ वटा पक्की विद्यालय भवन निर्माण पूरा गरेको छ ।

ईकोहिमाल नेपालले मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० को हिमज्योति आधारभूत विद्यालय र वडा नम्बर ११ स्थित चन्द्रावति आधारभूत विद्यालयको भवन निर्माण गरेको हो । त्यसैगरी भूम्लु गाउँपालिका वडा नम्बर ९ स्थित बाल चेतना आधारभूत विद्यालयको पनि भवन निर्माण गरेको ईकोहिमाल नेपालका कार्यकारी प्रमूख नारायण ढकालले जानकारी दिए ।

निर्माण पूरा भएका यी विद्यालयहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । मण्डनदेउपुरमा बनेका विद्यालय भवन हस्तान्तरण गर्दै नगरप्रमूख टोक बहादुर वाइबाले विपद्का बेला सामाजिक संघसंस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । ‘जुन क्षेत्रमा अहिले विद्यालय भवन निर्माण पूूरा भएका छन् ति ठाउँमा इकोहिमाल राज्य भन्दा पहिला नै भूकम्प लगत्तै पुगेको थियो, उनले भने भवन राम्रो बनेको छ, यसलाई संरक्षण गर्ने दायित्व हामी सबैको हो ।’

नगरप्रमूख वाइबाले मण्दनदेपुर नगरपालिका भित्र शिक्षक दरबन्दी मिलान गरिसकेको भन्दै तोकिएको ठाउँमा गएर गुणस्तरीय शिक्षण गर्न शिक्षक शिक्षिकालाई आग्रह गरे । किण्डरमिसनस्रेक जर्मनीको आर्थिक सहयोगमा ईकोहिमालले सञ्चालन गरेको “काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय भवन पुनर्निर्माण परियोजना” अन्तर्गत बनेका यी विद्यालय भवनहरु ४ कोठाका छन् ।

उता भूम्लु गाउँपालिकामा बनेको विद्यालय हस्तान्तरण गर्दै गाउँपालिका प्रमूख गुमानध्वज कुँवरले विद्यालयले नयाँ भवन पाएको भन्दै अब शिक्षामा नयाँ प्रविधि भित्र्याएर गुणात्मक शिक्षा गाउँघरमै दिइने बताए । विद्यालय भवन बनेपछि शिक्षक, अभिभावक र बालबालिका खुशी भएका छन् । भूकम्पले विद्यालय भत्काएपछि अस्थायी टहरामा पठनपाठन हुदैँ आएको ठाउँमा नयाँ भवन बनेपछि उनीहरु खुशी भएका हुन् ।

ईकोहिमाल नेपालले काभ्रेमा जस्तै भूकम्प पश्चात क्षति भएका विद्यालय भवन सोलुखुम्बु जिल्लामा १३ वटा, खोटाङ जिल्लामा २ वटा र संखुवासभा जिल्लामा १ वटा निर्माण गरिसकेको छ ।

प्रकाशित मिति : २०७५, ७ माघ सोमबार  ९ : ५५ बजे

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान