२०८३, १ भाद्र मंगलबार

काभ्रेमा काउली सडकमा फालेर विरोध

काभ्रेमा काउली सडकमा फालेर विरोध


बनेपा, ७ माघ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानले इँटाभट्टा उद्योगबाट निस्केको धुवाँ धुलोले आफुले उत्पादन गरेको तरकारीमा क्षति पुगेको भन्दै आज धुलिखेलस्थित अरनिको र बिपी राजगर्माको दोबाटोमा काउली फालेर विरोध गरेका छन् । किसानले स्थानीय सरकार र प्रशासनले आफूहरुले इँटाभट्टाको विषयमा पहिलादेखि नै उठाउँदै आएको मागको सुनुवाइ नगरेको भन्दै काउली सडकमा फालेर विरोध गरेका हुन् । “हामीले उत्पादन गरेको तरकारी बजारमा बिक्री गर्न पाइरहेका छैनौँ ।” किसान केशवप्रसाद ढकालले भन्नुभयो, “बिक्री गर्न बजार पठाएको उत्पादित तरकारी बजारबाट फिर्ता आइरहेको छ ।”

कृषि पेशालाई सुनिश्चित गर्न स्थानीय सरकार र प्रशासनको ध्यान जाओस् भनेर विरोधमा उत्रन बाध्य भएका कृष्णकहरुले बताएका छन् । उत्पादित काउली काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा बिक्रीका लागि लगेकामा कालो भएको भन्दै फिर्ता आएपछि आन्दोलित हुनुपरेको किसानको भनाइ छ । आइतबार सो स्थानमा कोइला र माटो ढुवानी गरेका गाडीलाई रोक लगाएपछि इँटाभट्टा सञ्चालकले आफूहरुमाथि हातपात गरेको किसानले जनाएका छन् ।

आफूहरुमाथि हातपात गरेको भन्दै भट्टा सञ्चालकविरुद्ध किसानले आज जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । किसानले सुवर्णेश्वर इँटा उद्योगका सञ्चालक रामगोपाल श्रेष्ठ, हरिकुमार श्रेष्ठ, श्रवण न्यौपाने, सुशील श्रेष्ठ, राजाराम श्रेष्ठ र रुपक दनुवारलाई कारवाहीको माग गर्दै किटानी जोहरी दिएका हुन् । वातावरण प्रदूषण गरेका भट्टाको विरोध गर्दै माटो र कोइला बोकेका गाडीलाई रोक लगाएको भन्दै आफूमाथि कुटपिट गरेको स्थानीयवासी ढकनारायण पराजुलीले बताउनुभयो । घरबाहिर निस्कने बेलामा समेत धुवाँ धुलोका कारण माक्स लगाएर निस्कनुपर्ने र श्वास फेर्नसमेत मुस्किल हुने गरेको उहाँले जानकारी दिनुभयो ।

पाँचखाल–७ का वडाध्यक्ष पुष्कर ढकालले इँटा व्यवसायीले स्थानीय किसानलाई कुटपिट गरेको भनेर शान्तिसुरक्षाका लागि माग गरेपछि आफूले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी पाँचखाल र इलाका प्रहरी कार्यालयलगायतका कार्यालयमा शान्तिसुरक्षाका लागि जानकारी गराएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितले दिएको जाहेरीका आधारमा दोषीलाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ माघ सोमबार  ९ : ३१ बजे

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत