२०८२, ३० पुस बुधबार

नदीजन्य पदार्थको चोरी निकासी रोक्न माग

नदीजन्य पदार्थको चोरी निकासी रोक्न माग


बुटवल, ६ माघ : प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले अनियन्त्रितरुपमा गरिँदै आएको अवैध नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्यले प्रदेशको तराईका जिल्लामा अनियन्त्रितरुपले अवैधरुपले नदीजन्य ढुङ्गा, गिटी र बालुवा चोरी निकासी भइरहेकाले उक्त कार्यमा रोक लगाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकमा रुपन्देहीका प्रदेशसभा सदस्य तुल्सीराम चौधरीले प्रदेश सरकारको कार्यविधि तथा मापदण्डविपरीत स्थानीय तहले जथाभावी उत्खनन् गर्न सिफारिश दिने गरिएको पाइएकाले प्रदेश सरकारले त्यसलाई रोक्नुपर्ने बताउनुभयो । “क्रसर उद्योग मापदण्डविपरीत चलिरहेकाले तिनको अनुगमन गरिनुपर्छ,” उहाँले भन्नुभयो ।

दाङका प्रदेशसभा सदस्य डिल्ली चौधरीले जिल्लाका विभिन्न नदीबाट ढुङ्गा, गिटी र बालुवाको चोरी निकासी भइरहेको बताउनुभयो । उहाँले क्रसर उद्योगका लापर्वाहीका कारण ढुङ्गा, गिटी र बालुवा सर्वसाधारणले सहजरुपमा पाउन नसकेको बताउनुभयो । चौधरीले बहुमत र अल्पमतका हिसाबले नभई सहमतिका आधारमा प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाइनुपर्नेमा जोड दिनुभयो ।

नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य दीपेन्द्रकुमार अधिकारीले जिल्लामा मिल बन्द हुँदा उखु किसान मर्कामा परेकाले बन्द रहेका चिनी उद्योग सञ्चालन गर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्ते पाल्पाका प्रदेशसभा सदस्य तुलाराम घर्तीले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा दोभान सडकखण्ड टिप्परको ओभरलोडलगायत कारणले जीर्ण र जोखिमपूर्ण बनेकाले मर्मत सम्भार तथा स्तरोन्नति गर्न र चुनढुङ्गा खानीको अनुगमन तथा नियमन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ४० बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता