२०८३, २ असार बुधबार

मेलम्चीको ठेक्का सम्झौता रद्द गर्न छलफल

मेलम्चीको ठेक्का सम्झौता रद्द गर्न छलफल


काठमाडौँ, ६ माघ: मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महीना निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिलाई सरकारले नियन्त्रणमा लिएको थियो ।

क्रिसमस मनाएर काममा फर्किने सहमति गरेको निर्माण व्यवसायी एक महीना बित्दा पनि काममा नफर्की आयोजनासँग सम्पर्कमा समेत नआएकाले ठेक्का सम्झौता रद्द गरी बाँकी काम अघि बढाउने विषयमा परामर्शदातालगायत सरोकार भएका निकायका अधिकारीसँग छलफल भइरहेको समितिका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिनुभयो । यस सम्बन्धमा आज भोलि नै सूचना जारी गर्ने तयारी भएको पनि उहाँले बताउनुभयो । पछिल्लो समय सुरुङ ‘फिनिसिङ’ काम अन्तिम चरणमा पुगेको थियो । यसबीचमा निर्माण व्यवसायी नै हिँडेपछि काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७.५ किमी सुरुङ निर्माण गरी मेलम्ची खोलाको पानी राजधानीमा ल्याउने अन्तिम समयमा एक महीनादेखि काम हुन सकेको छैन । सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । साढे आठ करोड लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको छ । पानी वितरणका लागि उपत्यकामा पहिलो चरणको थोक एवं वितरण सञ्जालको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको लक्ष्य छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ३२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई