२०८३, २३ भाद्र बुधबार

मेलम्ची खानेपानी आयोजनाः सिएमसी नफर्केपछि अन्योल, काम सकिन अझै दुई वर्ष लाग्छ

मेलम्ची खानेपानी आयोजनाः सिएमसी नफर्केपछि अन्योल, काम सकिन अझै दुई वर्ष लाग्छ


काठमाडौं, माघ ६ : मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले शनिबार बेलुकासम्म कुनै जवाफ आयोजनालाई पठाएको छैन । आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थियो ।

‘ठेकेदार कम्पनीले हामीलाई आजसम्म कुनै रेस्पोन्स नै गरेन,’ आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने, ‘सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गरौँ, राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गरौँ भन्ने थियो, तर सम्भव भएन ।’ पुरानै ठेकेदार कम्पनी फर्काउन सके नेपाली सप्लायर्सको उठाउन बाँकी रकम उठाउन सजिलो हुन्छ भनेर आयोजनाले प्रयास गरेको भए पनि सम्भव नभएको उनले बताए ।

सामान्य प्रक्रियामा गए मेलम्चीको काम सकिन अझै दुई वर्ष लाग्छ
ठेकेदार कम्पनीले काम छाडिसकेको अवस्थामा सामान्य प्रक्रियामा गए मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न हुन अझै दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनाले जनाएको छ ।

नेपाल सरकारको ठेक्कासम्बन्धी नियम र एसियन डेभलपमेन्ट बैंक (एसडिबी) को सबै प्रक्रिया सम्पन्न गर्न नौ महिनाभन्दा बढी लाग्ने त्यसपछि ठेकेदार कम्पनीलाई काम सुरु गर्ने समय दिनुपर्नेलगायतको नियम रहेको कार्यकारी निर्देशक कँडेलले बताए ।

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ८ : ४४ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४