२०८२, २५ कार्तिक सोमबार

महायज्ञमा १२ लाख संकलन

महायज्ञमा १२ लाख संकलन


घोराही, ६ माघ: घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखि शुरु भएको महायज्ञमा रु १२ लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा तेस्रो दिनसम्म १२ लाख २६ हजार ६ सय ६ रुपैया दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।

महायज्ञमा सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेको छ । केन्द्रले महायज्ञको तेस्रो दिन शनिवार सो रकम दान गरेको हो । जसमा सञ्चालक समितिका अध्यक्ष कल्पना न्यौपाने सहित सञ्चालक समिति र कर्मचारीको समूह महायज्ञमा पुगेर रकम दान गरेको थियो । महायज्ञमा तेस्रो दिनसम्म महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले १ लाख ११ हजार १ सय ११ रुपैया, महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले एक लाख १११ हजार १ सय ११ रुपैया, विद्यालयका पूर्व विद्यार्थी एवं जिल्ला न्यायाधीश लीलाराज अधिकारीले १ लाख ११ हजार १ सय ११ रुपैया, विद्यालयका पूर्व शिक्षक घोराही १३ का तोजबहादुर बुढाथोकीले ५५ हजार ५ सय ५५ रुपैया, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का रविलाल घर्तीले ५१ हजार १ सय ५ रुपैया दान गर्नुभएको छ । यस्तै महायज्ञका आर्थिक समिति संयोजक भुपाल गिरीले रु ३१ ह्जार १ सय १५, विद्यालयका प्रधानाध्यापक बाल्मी केसीले रु ३१ हजार १ सय १५, साजिदा सिद्धिकीले रु २५ हजार ५ सय ५५, विष्णुप्रसाद भारतीले रु २५ हजार ५ सय ५५, नेपाल निवृत राष्ट्रसेवक समाज दाङले रु ११ हजार २५, गोरक्ष रत्ननाथ मावि चौघेराले रु १५ हजार १ सय दान गर्नुभएको आर्थिक समितिका केशव गिरीले जानकारी दिनुभयो ।

महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहनुभएको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी प्रर्दशन र धार्मिक नाटक हेर्न र सुन्नका लागि भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ । महायज्ञमा बालबालिकादेखि जेष्ठ नागरिकहरु नाच्दै दान गर्दै गर्ने गरेका छन् । विद्यालयको उद्धेश्यप्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक बुढाथोकीले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ५२ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।