२०८२, ११ मंसिर बिहीबार

माथिल्लो तामाकोशी उत्कृष्ट दशमा

माथिल्लो तामाकोशी उत्कृष्ट दशमा


काठमाडौँ, ५ माघ : नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् कम्पनी पर्न सफल भएको हो । गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको शेयर कारोवार शुरु भएको हो । कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर सूचीकरण गरेको छ । हरेक दिन करीब १० प्रतिशतका दरले शेयरको मूल्य बढेको कम्पनी एक सातामै बजार पूँजीकरणमा समेत शीर्ष दशमा पर्न सफल भएको हो ।

स्टकका अनुसार यही पुस ३ गते बिहीबार माथिल्लो तामाकोशीको शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ३११ मा खरीद बिक्री भएको छ । तर सो कम्पनीको शेयर खरीद गर्न चाहनेको सङ्ख्या बढी भए पनि बिक्री गर्न चाहने भने असाध्यै न्यून रहेका छन् । स्टकका अनुसार साताभर सो कम्पनीको मात्रै ११६ कित्ता शेयर कारोवार भएको छ ।

बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा नेपाल टेलिकम रहेको छ । सो कम्पनीको बजार पूँजीकरण रु एक खर्ब नौ अर्ब ९५ करोड छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु ६८ अर्ब २१ करोड छ । तेस्रोमा रहेको नवील बैंकको रु ६७ अर्ब ८४ करोड ५८ लाख छ । नेपाल लाइफ इन्स्योरेन्स रु ४९ अर्ब २४ करोड ५६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक रु ४७ अर्ब १८ करोड, एभरेष्ट बैंक रु ४२ अर्ब ५४ करोड २३ लाख, हिमालयन बैंक रु ३८ अर्ब ७६ करोड, एनआइसी एशिया बैंक रु ३४ अर्ब ९८ करोड, नेपाल एसबिआइ बैंक रु ३२ अर्ब ९५ करोड र माथिल्लो तामाकोशीको रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको बजार पूँजीकरण हुन पुगेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : ४४ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री