२०८३, १३ कार्तिक शुक्रबार

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता


दुल्लु, ५ माघ : भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा लुटिएसँगै बेपत्ता भएका हुन् । सो प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा गत पुस २८ गते दिउँसो अपरिचित व्यक्तिको समूहले नशालु वस्तु खुवाएर बेहोस पारी ८७ हजार भारतीय रुपैयाँ लुटेको जानकारी प्राप्त भएको नारायण–४ का वडा सदस्य खगिसरा सुनारले बताउनुभयो ।

रुद्रप्रयागमा अढाइ महीना मजदूरी गरी घर आउँदै गर्दा उहाँहरुलाई दिउँसोको समयमा हरिद्धारको बसपार्क नजिक अपरिचित व्यक्तिले जबर्जस्ती चिया खुवाएलगत्तै बेहोस भएपछि नगद, लत्ताकपडा, मोबाइलसमेत लुटिएको भक्तबहादुरकी भाइबुहारी पुष्पाले जानकारी दिनुभयो । घटनाको पाँचौँ दिन हरिद्वार नजिकको एक जङ्गलमा होस खुलेपछि नजिकको बस्तीमा आएर चक्रबहादुरले घर परिवारको मोबाइलमा शुक्रबारमात्र सम्पर्क गरेपछि घटनाबारे थाहा भएको हो । अर्काकै फोनबाट घरपरिवारलाई सम्पर्क गरेका उहाँहरु आजसम्म घर नआएको पुष्पाले बताउनुभयो ।

फोन सम्पर्कमा ल्याइदिने व्यक्तिले पाँच हजार भारतीय रुपैयाँ रेमिटान्समार्फत पठाउन लगाएका र सो रकम प्राप्त गरेपछि फोन नउठाएपछि थप शङ्का पैदा भएको चक्रका छोरा नरेशले बताउनुभयो । दैलेखका पत्रकार अमर सुनारको पहलमा उहाँहरुका बारेमा हरिद्वारमा रहेका दैलेख पिपलकोटका रामप्रसाद जोशी र उत्तराखण्डकै रुद्रपुरमा रहनुभएका मनोज थापाले शुक्रबार दिनभर भारतीय प्रहरी, सामाजिक सञ्जाल र सम्भावित सूचना स्रोतसँग खोजविन गर्दासमेत पत्ता लाग्न सकेको छैन ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ७ : २२ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित