२०८३, १३ कार्तिक शुक्रबार

भरतपुर अस्पतालमा बिरामी कुरुवा घर बनाइने

भरतपुर अस्पतालमा बिरामी कुरुवा घर बनाइने


भरतपुर, ५ माघ: चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ । अस्पतालको करीब पाँच कठ्ठा जग्गामा सभाकक्षसहितको अत्यधुनिक कुरुवा घर बन्ने सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेले बताउनुभयो ।

उक्त आयोजनाको चौँथो चरणअन्तर्गत रु छ करोडको लागतमा दुई वर्षभित्र सो भवन निर्माण गर्ने गरी रविना–जोशी–फूलजोर जेभीसँग निर्माण सम्झौता गरिएको छ । कुरुवा घरमा ५० श्यया रहनेछन् । कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङ, सभाहलसमेत हुने उहाँले बताउनुभयो । अस्पताल भवन साँघुरो हुँदा बिरामीका कुरुवा यत्रतत्र अलपत्र बस्दै आएका थिए । छसय श्ययाको उक्त अस्पतालमा दैनिक करीब एक हजार बिरामी स्वास्थ्य जाँच गराउन आउने गरेकामा ४५० बिरामी भर्ना हुने गरेको अस्पतालले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : २३ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित