२०८३, २२ आश्विन शुक्रबार

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ


धादिङ, ५ माघ: जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ । अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समितिले विशेष कार्यदल बनाएर कडाइ शुरु गरेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।त्यस्ता खानी बन्द गराइएपनि अझै पनि केही खानी सञ्चालनमा रहेको सूचना आएकाले निगरानी गरी कारवाही शुरु गरेको हो ।

सबै स्थानीय तहले ढुङ्गा, गिट्टी र बालुवालगायत प्रकृतिक स्रोतबाट कर असुल्न ठेक्का लगाइसकेकाले पूर्ण रोक लगाउन समस्या भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा खानी नचलाउन सूचना जारी गर्दै त्यस्तो गरेको भटिएमा खानीका सबै सरसामान नियन्त्रणमा लिने र सञ्चालकलाई कानूनी कारवाही गर्ने जनाएको छ । जिल्लामा अहिले सरकारले मुआब्जा वितरण गरिसकेको बूढीगण्डकी जलविद्युत् आयोजनाको जमीनमा यस्ता गतिविधि बढ्दो रुपमा देखिएको छ । त्रिशूली नदी क्षेत्रमा समेत अवैध रुपमा बालुवा प्रशोधन र आसपासको क्षेत्रमा वातावरणीय परीक्षणविना खानी उत्खनन् भइरहको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : १६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य