२०८२, ३ चैत्र बुधबार

राजकुमार फिलिप गाडी दुर्घटनामा, सकुशल उद्धार

राजकुमार फिलिप गाडी दुर्घटनामा, सकुशल उद्धार


लण्डन, बेलायत, ४ माघ : उमेरले झण्डै सय बर्षको हाराहारीमा पुग्नुभएका राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ तर उहाँले अझै पनि गाडी चलाउनु हुन्छ । ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षको हुनुभयो । उहाँले गाडी हाँक्न छोड्नु भएको छैन ।

तर बिहीवार उहाँले चलाइरहेको ल्यान्ड रोभर गाडी क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ । दुर्घटनामा उहाँलाई कुनै चोटपटक लागेन । तर घटनापछि उहाँ निकै आत्तिएको भने बताइएको छ । स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्वे बाट निकाल्दै ए १४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो । अकस्मात उहाँको जीप अर्को किया कारसँग ठोकिन पुग्यो । घटनामा कारमा रहेका दुई महिलालाई सामान्य चोट लागेको तर उनीहरूलाई तत्काल अस्पतालमा उपचारपछि घर पठाइएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएपछि केही मानिसले उहाँलाई कारबाट निकाले । “कारबाट उद्धार गर्दा राजकुमारले होस गुमाउनुभएको थिएन तर निकै त्रसित अवस्थामा हुनुहुन्थ्यो, ”प्रत्यक्ष्यदर्शीले बताए । स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो । तर परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन गरेका थिएनन् । आफैँ गाडी नहाँक्न दिइएका सुझाव उहाँले पटक्कै स्वीकार्नुभएको थिएन । तर यो घटनाले उहाँलाई झस्काएको हुनुपर्छ ।

राजकुमार फिलिपले सन् २०१७ को अगस्ट महिनामा सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो । दुर्घटनापछि सामाजिक सञ्जालमा विश्वभरबाट वयोवृद्ध व्यक्तिले गाडी नचलाउनु नै राम्रो हुने सुझाबसहित आफ्ना विचारहरू व्यक्त गरेका छन् । तर उक्त विचारसहित कम उमेरका व्यक्तिलाई गाडी चलाउँन दिने कुरालाई गलत नै भनिएको छ । ब्ब् मोटरिङ एसोसियसनका अध्यक्ष एडमण्ड किङले भन्नुभयो, “नयाँ चालकका कारण सडक दुर्घटना बढी हुने गरेका छन् ।”
“यदि सवारी चालकको उमेरलाई लक्षित गरी नयाँ कानून बनाइन्छ भने पहिले बुढो चालकलाईभन्दा कम उमेर (नयाँ चालक) माथि कडाई गरिनुपर्छ ।”
“पाका चालकले सडकको अवस्था हेरेर उनीहरूको सवारीलाई आफै नियन्त्रण गर्छन् । उनीहरूलाई रातिमा गाडी नचलाउन र परिचित सडकहरूमा मात्र गाडी चलाउन सल्लाह दिनु राम्रो हो ।”
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ९ : १५ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका