२०८२, ३० पुस बुधबार

खरको छाना हटाउँदै छ नगरपालिका

खरको छाना हटाउँदै छ नगरपालिका


लमजुङ, ४ माघ : बेँसीशहर नगरपालिका–११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमा बित्यो। कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्नु भएका उहाँको सपना यसपालि पूरा भएको छ । बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएकाले पाण्डेले पनि जस्तापाता पाउनुभएको हो । उहाँलाई बिहीबार नौ फुटको १६ थान तथा छ फुटको १८ थानजस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि रु १० हजार प्रदान गरिएको बेंसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

उक्त नगरपालिका–३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र छ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै रु १० हजार पनि बुझ्नुभयो । पाण्डे र सार्कीसँगगै नगरपालिकाले वितरण गरेको जस्तापाता १२ जनाले लगिसकेको बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिनुभयो । विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्याङ्क सङ्कलन गरिसकेपछि त्यस्ता घरलाई जस्तापाताले छाउन पहल गरिएको नगरप्रमुख अर्यालले बताउनुभयो ।

नगरपालिकाभित्रका कुनै पनि ठाउँमा खरको छानो राख्दैनौँ भन्दै उहाँले विपन्न नागरिकको घर जस्तापाताले छाउनका लागि आर्थिक वर्ष २०७५÷७६ मा रु २१ लाख बजेट विनियोजन गरिएको र आगामी आर्थिकवर्षसम्म नगरपालिकाभित्रका सबै खरको घरलाई टिनले छाउने लक्ष्य रहेको बताउनुभयो । नगरपालिकामा निवेदन आएअनुसार वडा नं १ मा १५, २ मा सात, ३ मा सात, ४ मा छ, ५ मा सात, ६ मा १८, ९ मा चार, १० मा ३२ र ११ मा २० खरले छाएको घर छ । वडा नं ७ र ८ मा भने यस्ता घर छैनन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ८ : ४२ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता