२०८३, २ असार बुधबार

काभ्रेमा सवारी साधनका चालक–सहचालकको आँखा–रक्तचाप परीक्षण

काभ्रेमा सवारी साधनका चालक–सहचालकको आँखा–रक्तचाप परीक्षण


बनेपा, ३ माघ:सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा गर्न सहयोग गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज बनेपामा सवारी साधनका चालक र सहचालकको आँखा र रक्तचाप परीक्षण गराएका छन् । कार्यालयको आयोजनामा दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि चालक तथा सहचालकको आँखा तथा रक्तचाप र सवारी साधनको यान्त्रिक अवस्थाकाबारेमा एकदिने अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशेष चापागाईंले बताउनुभयो ।

“बढ्दै गईरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरेका हौँ”, प्रमुख चापागार्इंले भन्नुभयो, “अहिलेको परिस्थितिमा चालकको शारीरिक अवस्थाका कारण वा सवारी साधनको यान्त्रिक गडबढीका कारणले हुने सवारी दुर्घटना देखापर्न सक्छन् भन्ने कुरालाई विश्लेषण गर्न पनि यो अभियान सञ्चालन गरेका हौँ ।” टिपर चालक नारायणकुमार नहर्कीले यस्तो अभियान बेलाबेलामा सञ्चालन गर्नुपर्ने बताउनुभयो । “हामी मजदूर त सधैँ आफ्नो काममा मात्रै ब्यस्त भइरहेका हुन्छौँ, केमा कसरी ध्यान दिने भन्ने खासै सोच भइरहेको हुँदैन, यसरी जाँच गरेर सुझाव दिँदा साह्रै खुशी लाग्यो”, उहाँले भन्नुभयो, “विदेशमा तीन वर्ष काम गरेर फर्केपछि निरन्तर टिपर चलाउँदै आइरहेको छु, यसले म जस्ता अन्य चालकलाई थप सचेत गराएको छ ।”

आँखा तथा रक्तचाप परीक्षणमा संलग्न आँखा विशेषज्ञ डा सङ्केत पराजुलीले जाँच गरेका चालकमध्ये सबैजसोको आँखाको दृष्टि राम्रो नै देखिएको र रक्तचाप भने काम गर्दा गर्दैका अवस्थामा नै परीक्षण गरेको भएकाले उच्च भएको पाइएको बताउनुभयो । “सामान्यतय आधा घण्टाको आरामपछि चेक गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “केही चालकले भने उच्च रक्तचापको औषधिसमेत सेवन गरिरहेको छ, उहाँहरुलाई हामीले त्यसका लागि अपनाउनुपर्ने विधिका बारेमा जानकारी दिने र रक्तचाप बढी नै देखिएकालाई थप जाँचका लागि अस्पतालमा सम्पर्क राख्न भनेका छौँ ।”

सो क्रममा शारीरिक तनावका स्थितिमा रक्तचाप कतिको छ र सवारीको प्रदूषण तथा यान्त्रिक (ब्रेक, क्लच साइड मिरर र लाइट) को समेत कस्तो अवस्थामा सञ्चालन भइरहेका छन् भन्ने कुराको पूर्णरुपमा जाँच भइरहेको प्रमुख चापागार्इंले बताउनुभयो । ट्राफिक प्रहरीले जिल्लाको अरनिको राजमार्ग भएर गुडिरहेका सवारी साधन र मालबाहक गाडीका चालक र सहचालकको आँखा र रक्तचापको परीक्षण गरिरहेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको निर्देशनमा देशैभरि सञ्चालन भइरहेको र सो क्रममा काभ्रेपलाञ्चोकले पनि सो अभियान आयोजना गरेको उहाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : ०८ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई