२०८३, ३१ असार बिहीबार

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी


बाजुरा, २ माघ:जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न भाट आफै खटिनुभएको छ ।

“पहिलो चरणमा छाउगोठ रहेको स्थानको पहिचान तथा सङ्ख्या यकिन गर्ने रणनीति बनाएका छौँ,” भाटले भन्नुभयो । भाटको नेतृत्वमा बडिमालिका नगरपालिकाका नौ वडामा छाउगोठ पहिचान गर्न टोली खटिएको छ । हालसम्म बडिमालिका नगरपालिका–९ उखाडी, चौराटा, बडिमालिका २, १, ४ तथा त्रिवेणी नगरपालिकाका विभिन्न टोलमा छाउगोठको अवस्था अध्ययन गरिएको छ ।

“केही दिनमै जिल्लाको तथ्याङ्क बाहिर आउँछ,” भाटले भन्नुभयो । पीलुचौरले बाँधु आसपास र विमानस्थल सुरक्षागार्डको टोलीले कोल्टी बजार आसपासको गाउँमा तथ्याङ्क सङ्कलन गरिरहेको छ । ती ठाउँमा अहिलेसम्म ८० भन्दाबढी छाउगोठ भेटिएको छ । सबैभन्दा बढी त्रिवेणी नगरपालिकाको वडा नं ६ मा ४९ छाउगोठको रहेको पाइएको प्रहरी प्रमुख भाटले जानकारी दिनुभयो । “सबैको रोहवरमा छाउगोठ भत्काउँछौँ,” उहाँले भन्नुभयो, “गत साता बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि अभियान थालेका हौँ ।”
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ८ : ३९ बजे

सिंहदरबारमा बालेन-लिङ्देन संवाद, समसामयिक राजनीतिदेखि राष्ट्रिय मुद्दासम्म छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा