२०८२, ८ पुस मंगलबार

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा


ताप्लेजुङ, २ माघ:जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्को एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग गर्ने गरिएको छ । चालक नियुक्तिका लागि प्रदेश सरकारबाट सहमतिपत्र नपाएपछि चार महीनादेखि उद्देश्य अनुरुप एम्बुलेन्स सञ्चालन गर्न सकिएको छैन । पुरानो एम्बुलेन्स मर्मत खर्च अभावले थन्किएको छ ।

“अस्पताल आफँैले करारमा चालक नियुक्ति गर्न मिल्दैन, प्रदेशबाट कर्मचारी नियुक्तिसम्बन्धी अनुमतिपत्र चाहिन्छ । निर्देशिका बनेपछि अनुमतिपत्र लिएका छौँ, अब चाँडै चालक नियुक्ति गरेर एम्बुलेन्स सञ्चालनमा ल्याउँछौँ”, अस्पतालका निमित्त प्रमुख डा सोनिङ लामाले भन्नुभयो । एम्बुलेन्स प्रयोगविहीन बनेपछि सेवाग्राहीले चर्को मूल्य तिरेर व्यावसायिक संस्थाका एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।

-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ८ : १३ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ