२०८३, १८ आश्विन सोमबार

नेता खनाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता

नेता खनाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता


काठमाडौँ १ माघ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

आज बिहान डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले भेटघाट गरेको उहाँका स्वकीय–सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उक्त भेटमा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था र नेपालको कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे छलफल भएको स्वकीय–सचिव भट्टराईले बताउनुभयो ।

भेटमा दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो । भेटघाटमा पार्टीका केन्द्रीय विदेश विभागका हु ववेन, यु आलगायतका नेताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ४ : ०४ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा