२०८३, २६ आश्विन मंगलबार

छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन

छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन


विराटनगर १ माघ विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक९पुस मसान्त० सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ८३ करोड ६२ लाख राजश्व सङ्कलन गरेको थियो ।

गएको वर्षको तुलनामा ४१।५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चालु आवमा कार्यालयले वार्षिक रु ४२ अर्ब ५३ करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो ।

प्रथम अर्धवार्षिकमा भन्सार महसुल रु आठ अर्ब १२ करोड एक लाख, मूल्य अधिवृद्धि कर रु १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्क रु।एक अर्ब आठ करोड ९३ लाख सङ्कलन भएको छ ।

कार्यालयले लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी÷निकासी नियन्त्रण तथा गस्तीलगायतबाट प्राप्त भएको जनाएको छ ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ३ : ५५ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका