२०८३, ११ बैशाख शनिबार

रातो हाब्रेको छालासहित पक्राउ

रातो हाब्रेको छालासहित पक्राउ


जाजरकोट, ३० पुस : प्रतिबन्धित रेडपाण्डा ९हाब्रे०को छाला कारोवारमा संलग्न भएको आरोपमा आज एक युवकलाई पक्राउ गरिएको छ ।
डोल्पाको जगदुला–४ का २० वर्षीय दीपक रोकायलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि रेडपाण्डाको छालासहित जाजरकोट कालीमाटीका दुई युवक पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा प्रहरीले रोकायलाई पक्राउ गरिएको जनाएको छ ।
वन कार्यालयले दुर्लभ वन्यजन्तुको चोरी–शिकारी तथा वन्यजन्तुका आखेटोपहारको गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रेको छालाको व्यापार गर्ने कार्यमा संलग्न उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरीले तीनै जनालाई डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । आवश्यक अनुसन्धानका लागि वन कार्यालयले सहायक वन अधिकृत पूर्णप्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाएको डिभिजन वन अधिकृत मञ्जुर अहमतले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३० पुस सोमबार  ८ : ०३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले