२०८२, ८ पुस मंगलबार

स्यानेटरी प्याड बोकेर तेमाल पुगिन सासंद नविना लामा

स्यानेटरी प्याड बोकेर तेमाल पुगिन सासंद नविना लामा


काठमाण्डौँ २९ पुस: सासंद नविना लामाले काभ्रेको तेमाल पुगेर स्यानेटरी प्याड वितरण गरेकी छिन् । आइतबार तेमाल गाउँपालिका वडा नम्बर २ मा रहेको सर्वोद्धार मावि चुखामा आयोजित एक कार्यक्रकममा उनले स्यानेटरी प्याड वितरण गरेकी हुन् ।

उनले गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न ६ विद्यालयमा अध्ययनरत किशोरिहरुका लागि ५ सय भन्दा बढी स्यानेटरी प्याड वितरण गरिकी हुन् । ‘विद्यालय आएर रजस्वला हुने वित्तिकै कोहि पनि किशोरी पढाइ छाडेर घर फर्किनु पर्ने अवस्थाको अन्त्य होस भनेर प्याड वितरण गरिएको हो, उनले भनिन् ‘रजस्वला महिला स्वास्थ्यसँग पनि सम्बन्धि त त्यसैले सरसफाईमा विशेष ध्यान दिन जरुरी हुन्छ ।’

स्यानेटरी प्याड पाउनेमा वडा नम्बर १ को पञ्चकन्या आधारभूत विद्यालय, जनचेतना मावि र वडा नम्बर २ को सर्वोद्धर मावि, जनउद्धार आधारभूत विद्यालय र बाल कल्याण आधारभूत विद्यालय रहेका छन् । ‘हामीले विकास निर्माणसँगै सामाजिक मूल्य मान्यतालाई पनि समय सुहाउँदो बनाउँदै लैजानु पर्छ, सासंद लामाले भनिन् ‘आधा सिस्सा ओगट्ने महिला समुदायको क्षमता अभिबृद्धि गर्न सके देशमा छिट्टै समृद्धि आउँछ ।’

उर्मती एशोसियसन फ्रान्सले आयोजना गरेको कार्यक्रममा २५ जनालाई ब्याङकेट पनि वितरण गरिएको छ । त्यसै वडा नम्बर १ र २ का विभिन्न विद्यालयमा अध्ययनरत ५ जना बालबालिकालाई प्रतिभाशाली पुरस्कार प्रदान गरिएको छ ।

एशोसियसनका अध्यक्ष पासाङ डोल्मो लामाका अनुसार सर्वोद्धार माविमा अध्ययनरत ६ जना गरिब तथा जेहेनदार बालबालिकालाई एशोसियसनले छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  १० : १० बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ