२०८३, ११ बैशाख शनिबार

भक्तपुरमा बस टायर चोर्ने काभ्रेका सुरेश सहित पाँच पक्राउ

भक्तपुरमा बस टायर चोर्ने काभ्रेका सुरेश सहित पाँच पक्राउ


भक्तपुर, २९ पुस : महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न गाडीको टायर चोरी गर्ने गिरोहका पक्राउ परेका पाँच जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ पलासे स्थायी घर भई हाल काठमाडाँै–३२ जडीबुटी बस्ने ४२ वर्षीय मधु महत, मकवानपुर मनहरि गाउँपालिका–५ घर भई काठमाडौँ थानकोट बस्ने १८ वर्षीय सुनिल आले मगर, काभ्रे बेथानचोक गाउँपालिका घर भई हाल ललितपुर जाउलाखेल बस्ने २० वर्षीय गोविन्द तामाङ, रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल लगनखेल बस्ने २३ वर्षीय तीर्थ लुङ्गेली मगर र काभ्रे रोशी गाउँपालिका–८ बस्ने १९ वर्षीय सुरेश बोहरा रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताउनुभयो ।

चोरिएका टायर गाडीमा हालेर बिक्री गर्न लैजानका लागि प्रयोग गरिएको बा.२ख. ३७४७ नंको बससहित चोरिएका १३ थान टायरसमेत प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठले गत २२ गते भक्तपुर नगरपालिका–२ इँटापास्थित रोशन गाइजुको बडी बिल्डरको ग्यारेजमा बडी बनाउन राखेको नयाँ टायर हराएपछि आएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा गिरोह नै पक्राउ परेको उल्लेख गर्दै उक्त गिरोहले अन्य टायर पनि चोरी गरेको खुल्न आएकाले थप अनुसन्धान जारी रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ९ : ०४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले