२०८२, २५ कार्तिक सोमबार

अवैध मदिरा नष्ट

अवैध मदिरा नष्ट


हुम्ला, २९ पुस :प्रहरीले बेवारिसे अवस्थामा भेटाएको अवैध मदिरा आज नष्ट गरेको छ । बजार गस्तीको टोलीले बिहीबार राति सिमिकोट माथिल्लो गाउँ पाखो जमीनमा भेटाएको भन्दै आज चाइनिज झिनीगिन्टी १५ कार्टुन दुई बोतल र ४२ कार्टुन क्यानवियर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो ।

अहिलेसम्म जिल्लाका विभिन्न नाकाबाट भित्रने अवैध मदिरा तीन महीनाको अवधिमा तीन हजार कार्टुनभन्दा बढी चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीले तीन महीनामा तीन हजार ८६ कार्टुन चाइनिज रक्सी बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले प्रहरी धेरै कारोवार गर्नेको खोजीमा भएकाले तीन हजार कार्टुन नष्ट हँुदासमेत नाम बताउन नचाहेको बताउनुभयो ।

प्रहरीले चङ्खेली गाउँपालिका पाँचको टाँके नाकाबाट दुई हजार ९०८ कार्टुन र सिमिकोट गाउँपालिका च्वाखोलाबाट १६० कार्टुन चिनियाँ झिनीगिन्टी मदिरा बरामद गरे तापनि मदिरा व्यापारीको नाम गोप्य राखेको छ । प्रहरीले सिमिकोट गाउँपालिकाबाट ६७ बोतल क्यान बियर र चङ्खेली गाउँपालिका एक मिमी गाउँबाट ८७० लिटर घरेलु मदिरा बरामद गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ५ : ५७ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत