२०८३, २२ आश्विन शुक्रबार

अवैध मदिरा नष्ट

अवैध मदिरा नष्ट


हुम्ला, २९ पुस :प्रहरीले बेवारिसे अवस्थामा भेटाएको अवैध मदिरा आज नष्ट गरेको छ । बजार गस्तीको टोलीले बिहीबार राति सिमिकोट माथिल्लो गाउँ पाखो जमीनमा भेटाएको भन्दै आज चाइनिज झिनीगिन्टी १५ कार्टुन दुई बोतल र ४२ कार्टुन क्यानवियर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो ।

अहिलेसम्म जिल्लाका विभिन्न नाकाबाट भित्रने अवैध मदिरा तीन महीनाको अवधिमा तीन हजार कार्टुनभन्दा बढी चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीले तीन महीनामा तीन हजार ८६ कार्टुन चाइनिज रक्सी बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले प्रहरी धेरै कारोवार गर्नेको खोजीमा भएकाले तीन हजार कार्टुन नष्ट हँुदासमेत नाम बताउन नचाहेको बताउनुभयो ।

प्रहरीले चङ्खेली गाउँपालिका पाँचको टाँके नाकाबाट दुई हजार ९०८ कार्टुन र सिमिकोट गाउँपालिका च्वाखोलाबाट १६० कार्टुन चिनियाँ झिनीगिन्टी मदिरा बरामद गरे तापनि मदिरा व्यापारीको नाम गोप्य राखेको छ । प्रहरीले सिमिकोट गाउँपालिकाबाट ६७ बोतल क्यान बियर र चङ्खेली गाउँपालिका एक मिमी गाउँबाट ८७० लिटर घरेलु मदिरा बरामद गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ५ : ५७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य