२०८३, ३२ असार शुक्रबार

जनप्रतिनिधि नै सुन तस्करीमा ,वडाध्यक्ष सहित तीनजनालाई यसरी लुकाउन खोजियो

जनप्रतिनिधि नै सुन तस्करीमा ,वडाध्यक्ष सहित तीनजनालाई यसरी लुकाउन खोजियो


काठमाडौं, २९ पुष : सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । शनिबार बिहान भारतीय नम्बरप्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीनजनालाई लुकाएको खुलेको हो । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

सार्वजनिक गरिएका एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीनजना पक्राउ परेको जानकारी केही घन्टापछि दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार लहान नगरपालिका– १९ का वडाध्यक्ष मोहम्मद हकिमसहित सप्तरीका मोहम्मद अफरोज र मोहम्मद रहमान पक्राउ परेका हुन् । उनीहरूको फोटोसमेत सार्वजनिक गरिएको छ ।

सुरुमा प्रहरीले सुन, ६ वटा मोबाइल र साढे ३४ हजारसहित गाडीचालक मोहम्मद रियाज राइन, मोहम्मद अमिरुल खान र मोहम्मद कैयुम राइनलाई सार्वजनिक गरेको थियो । तर, अमिरुल खानले अन्य तीनजना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारोमा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक–दुई घन्टापछि आउनुस् भन्दै एसपी सोपप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए ।

अभियुक्त र सुन राजस्व अनुसन्धान विभाग पठाइयो
अभियुक्त ६ जना र बरामद गरिएको सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको छ । बरामद सुनको बजार मूल्य ९१ लाख ९२ हजार चार सय २० रुपैयाँ हुन आउने सशस्त्र प्रहरीले जनायो ।

वडाध्यक्ष मोहम्मद हकिमसहित तीनजनालाई यसरी लुकाउन खोजियो
सुन बरामद भएसँगै सशस्त्र प्रहरीका २ नम्बर बाहिनी बर्दिवासका प्रमुख डिआइजी प्रवीणकुमार श्रेष्ठ पनि सिराहा आइपुगेका थिए । पत्रकार सम्मेलनमा उनले पक्राउ परेकाहरूसँग सुन किनेको बिल रहेको भन्दै एक–दुई दिनमा छुट्ने घोषणा नै गरे ।

सुरुमा पक्राउ परेका मोहम्मद कैयुम र अमिरुल खानले आफूहरूले विदेशमा श्रम गरेर फर्किंदा सुन ल्याएको बताएका थिए । कैयुम कतारमा दुई वर्ष बसेर फर्किएको तथा खान कतारबाटै चार महिनाका लागि बिदामा आएको बताउँछन् । उनीहरूलाई प्रहरीले बोल्न सिकाएको आशंका छ । गाडीचालक रियाजले भने नचिनेको व्यक्तिले आफूलाई झोला थमाएको बताएका छन् । पत्रकार सम्मेलनमै कैयुम र खानले अन्य तीनजना पनि सुन तस्करीमा संलग्न भएको बताएपछि प्रहरीले दुईजनालाई बोल्न सिकाएको र अन्य तीनजनालाई लुकाउन खोजेको खुलेको थियो । प्रहरी स्रोतका अनुसार राजनीतिक दल र व्यवसायीहरूको प्रभावमा तीनजनालाई लुकाउन खोजिएको थियो ।

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ६ : ५८ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित