२०८२, ११ मंसिर बिहीबार

पाँचखालको जीवनमार्ग कृषि सहकारी संस्था छैटौं वर्षमा प्रवेश

पाँचखालको जीवनमार्ग कृषि सहकारी संस्था छैटौं वर्षमा प्रवेश


काठमाण्डौँ २८ पुस: काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ४ समाज कल्याणमा रहेको जीवन मार्ग कृषि सहकारी संस्था छैटौँ वर्षमा प्रवेश गरेको छ ।

छटौँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहकारीले विभिन्न कार्यक्रम गरेको छ । संस्थाका कोषाध्यक्ष भिमसेन गिरीले २ करोड १ लाख ५४ हजार, ५ सय ८५ को आय व्यय बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सासंद लक्ष्मण लसम्साले पाँचखाल र आसपासको क्षेत्रका कृषकहरुको हितको लागि र कृषि उत्पादन बजारको व्यवस्था गर्न पाँचखालमा रहेका ४, र अन्य ८ सहकारी गरी १२ ओटा सहकारीको छनोट गरेको बताए । कृषकहरुले उत्पादन गरेको कृषि उपजमा विचौलीयाको कारण उपभोक्ता तथा कृषकहरु मारमा परेकोले बिचौलीयाको अन्त्यको लागि प्रयास थालेको बताए ।

सांसद लम्सालले कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखालमा खेती गर्न सिंचाईको कारण समस्या रहेकोले सिंचाईको व्यवस्थाको लागि पहल भइरहेको बताए । त्यसैगरी कार्यक्रममा पाँचखाल नगरका उप-प्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थाहरुलाई राम्रो र व्यवस्थित ढंगबाट अगाडी बढाउनको लागि नगरले पहल गरेको बताइन् । सहकारी तथा शेयर सदस्यहरुको हितको खातिर सहकारी ऐन तयार भई सकेको, केही दिनमै जारी गर्ने उनको भनाई छ ।

संस्थाका अध्यक्ष शुसिलराज गिरीले शेयर सदस्यहरुको हितका लागि आफ्नो सहकारी निकै सजक रहेको बताए । आगामी दिनमा सहकारीले आर्थिक कारोवारका साथै शेयर सदस्यहरुलाई कृषि उत्पादनको क्षेत्रमा डोहोर्याउने लागि सहकारीले पहल गर्ने साथै सामाजिक कार्यहरुमा समेत अग्रसर रहने अध्यक्ष गिरीको भनाई छ ।

यसैबीच पाँचखाल नगरपालिकाकै ११ नम्बर वडा कोशीदेखामा रहेको कोशीदेखा महिला बहुउद्देशीय सहकारी संस्थाले १२ औँ साधारणसभा सकाएको छ । साधारणसभाको उपलक्ष्यमा संस्थाले बृद्धबृद्धालाई सम्मान समेत थियो ।

कार्यक्रममा प्रदेश सासंद लक्ष्मण लम्सालले गाउँ समृद्धी बनाउन सहकारीहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । स्थानीय ब्यवसायी प्रकाश ब्लोनले गाउँका युवाहरुलाई गाउँमै रोजगार सिर्जना गर्न सहकारीको ध्यान जान जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ९ : ११ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री