२०८३, २६ आश्विन मंगलबार

पाँचखालको जीवनमार्ग कृषि सहकारी संस्था छैटौं वर्षमा प्रवेश

पाँचखालको जीवनमार्ग कृषि सहकारी संस्था छैटौं वर्षमा प्रवेश


काठमाण्डौँ २८ पुस: काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ४ समाज कल्याणमा रहेको जीवन मार्ग कृषि सहकारी संस्था छैटौँ वर्षमा प्रवेश गरेको छ ।

छटौँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहकारीले विभिन्न कार्यक्रम गरेको छ । संस्थाका कोषाध्यक्ष भिमसेन गिरीले २ करोड १ लाख ५४ हजार, ५ सय ८५ को आय व्यय बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सासंद लक्ष्मण लसम्साले पाँचखाल र आसपासको क्षेत्रका कृषकहरुको हितको लागि र कृषि उत्पादन बजारको व्यवस्था गर्न पाँचखालमा रहेका ४, र अन्य ८ सहकारी गरी १२ ओटा सहकारीको छनोट गरेको बताए । कृषकहरुले उत्पादन गरेको कृषि उपजमा विचौलीयाको कारण उपभोक्ता तथा कृषकहरु मारमा परेकोले बिचौलीयाको अन्त्यको लागि प्रयास थालेको बताए ।

सांसद लम्सालले कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखालमा खेती गर्न सिंचाईको कारण समस्या रहेकोले सिंचाईको व्यवस्थाको लागि पहल भइरहेको बताए । त्यसैगरी कार्यक्रममा पाँचखाल नगरका उप-प्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थाहरुलाई राम्रो र व्यवस्थित ढंगबाट अगाडी बढाउनको लागि नगरले पहल गरेको बताइन् । सहकारी तथा शेयर सदस्यहरुको हितको खातिर सहकारी ऐन तयार भई सकेको, केही दिनमै जारी गर्ने उनको भनाई छ ।

संस्थाका अध्यक्ष शुसिलराज गिरीले शेयर सदस्यहरुको हितका लागि आफ्नो सहकारी निकै सजक रहेको बताए । आगामी दिनमा सहकारीले आर्थिक कारोवारका साथै शेयर सदस्यहरुलाई कृषि उत्पादनको क्षेत्रमा डोहोर्याउने लागि सहकारीले पहल गर्ने साथै सामाजिक कार्यहरुमा समेत अग्रसर रहने अध्यक्ष गिरीको भनाई छ ।

यसैबीच पाँचखाल नगरपालिकाकै ११ नम्बर वडा कोशीदेखामा रहेको कोशीदेखा महिला बहुउद्देशीय सहकारी संस्थाले १२ औँ साधारणसभा सकाएको छ । साधारणसभाको उपलक्ष्यमा संस्थाले बृद्धबृद्धालाई सम्मान समेत थियो ।

कार्यक्रममा प्रदेश सासंद लक्ष्मण लम्सालले गाउँ समृद्धी बनाउन सहकारीहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । स्थानीय ब्यवसायी प्रकाश ब्लोनले गाउँका युवाहरुलाई गाउँमै रोजगार सिर्जना गर्न सहकारीको ध्यान जान जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ९ : ११ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका