२०८३, २२ आश्विन शुक्रबार

काभ्रेको भकुण्डेका सबै इट्टा उद्योग बन्द हुने

काभ्रेको भकुण्डेका सबै इट्टा उद्योग बन्द हुने



काठमाण्डौँ, २८ पुुस: काभ्रेको भकुण्डेमा सञ्चालित सबै इट्टा उद्योग बन्द हुने भएका छन् । उद्योग बन्द गर्ने बारे नमोबुद्ध नगरपालिका र इट्टा उद्योगीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । नगरपालिका र उद्योगीबीच भकुण्डे बेसीमा सञ्चालित उद्योगको विकल्प खोज्ने बारे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

धुलिखेलमा शनिबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी दुई पक्ष बीच हाल रहेको स्थानबाट उद्योग स्थान्तरण गर्ने सहमति भएको हो । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भए लगत्तै नगरप्रमूख टिपी शर्माले भकुण्डे बेसीमा सञ्चालित उद्योग बन्द गर्ने बताएका थिए ।

मापण्ड विपरित सञ्चालन भइरहेको उद्योगले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याएको भन्दै नगरप्रमूख शार्माले प्रशासन लगाएरै भएपनि उद्योग बन्द गर्ने चेतावनी दिदैँ आएका थिए । सहमति अनुसार २०७६ साल असार मसान्तबाट भकुण्डे बेसीका सबै इट्टा उद्योग बन्द हुने छन् । “ब्यवसायीहरुले यो पटक पनि इट्टा बनाउन लगानी गरिसकेको र पुरानो इट्टाको समेत ब्यवस्थापन गर्ने गरी समय छुट्याइएको हो, पत्रकार सम्मेलनमा नगरप्रमूख शार्माले भने “सहमति कार्यान्वयनमा आउनेमा म विश्वास्त छु ।”

भकुण्डेमा ८ वटा इट्टा उद्योग सञ्चालनमा छन् । उनीहरु मध्ये कुनै पनि उद्योगले मापदण्ड पुरा नगरेको पाइएपछि हालको स्थानबाट अन्यत्र उद्योग सार्ने निर्णय नगरकार्यपालिका र नगरसभाले गरेको थियो । ब्यवसायीहरुले करोडाँै लगानी जोखिममा परेको असन्तुष्टि जनाउँदै सहमति पत्रमा हस्ताक्षर गरेका थिए । “नमोबुद्ध नगरपालिकाका अन्य ठाउँमा उद्योग सञ्चालन गर्न सकिने अवस्था नै छैन्, एक इट्टा उद्योगीले भने “उद्योग नै बन्द गर्नुको विकल्प रहेन ।”

भकुण्डेको इट्टा उद्योगले त्यस आसपासको जनजीवन नै अस्तब्यस्त बनाइरहेको छ । सहमति अनुसार अब उद्योगीले भाडामा लिएका खेतहरुको सिमांकन गरी खेती योग्य बनाइने छ । २०७६ असार मसान्तबाट इट्टा उद्योग भने स्वतः बन्द हुनेछन् ।

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ७ : ४४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य