२०८२, २४ असार मंगलबार

काभ्रेको भकुण्डेका सबै इट्टा उद्योग बन्द हुने

काभ्रेको भकुण्डेका सबै इट्टा उद्योग बन्द हुने



काठमाण्डौँ, २८ पुुस: काभ्रेको भकुण्डेमा सञ्चालित सबै इट्टा उद्योग बन्द हुने भएका छन् । उद्योग बन्द गर्ने बारे नमोबुद्ध नगरपालिका र इट्टा उद्योगीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । नगरपालिका र उद्योगीबीच भकुण्डे बेसीमा सञ्चालित उद्योगको विकल्प खोज्ने बारे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

धुलिखेलमा शनिबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी दुई पक्ष बीच हाल रहेको स्थानबाट उद्योग स्थान्तरण गर्ने सहमति भएको हो । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भए लगत्तै नगरप्रमूख टिपी शर्माले भकुण्डे बेसीमा सञ्चालित उद्योग बन्द गर्ने बताएका थिए ।

मापण्ड विपरित सञ्चालन भइरहेको उद्योगले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याएको भन्दै नगरप्रमूख शार्माले प्रशासन लगाएरै भएपनि उद्योग बन्द गर्ने चेतावनी दिदैँ आएका थिए । सहमति अनुसार २०७६ साल असार मसान्तबाट भकुण्डे बेसीका सबै इट्टा उद्योग बन्द हुने छन् । “ब्यवसायीहरुले यो पटक पनि इट्टा बनाउन लगानी गरिसकेको र पुरानो इट्टाको समेत ब्यवस्थापन गर्ने गरी समय छुट्याइएको हो, पत्रकार सम्मेलनमा नगरप्रमूख शार्माले भने “सहमति कार्यान्वयनमा आउनेमा म विश्वास्त छु ।”

भकुण्डेमा ८ वटा इट्टा उद्योग सञ्चालनमा छन् । उनीहरु मध्ये कुनै पनि उद्योगले मापदण्ड पुरा नगरेको पाइएपछि हालको स्थानबाट अन्यत्र उद्योग सार्ने निर्णय नगरकार्यपालिका र नगरसभाले गरेको थियो । ब्यवसायीहरुले करोडाँै लगानी जोखिममा परेको असन्तुष्टि जनाउँदै सहमति पत्रमा हस्ताक्षर गरेका थिए । “नमोबुद्ध नगरपालिकाका अन्य ठाउँमा उद्योग सञ्चालन गर्न सकिने अवस्था नै छैन्, एक इट्टा उद्योगीले भने “उद्योग नै बन्द गर्नुको विकल्प रहेन ।”

भकुण्डेको इट्टा उद्योगले त्यस आसपासको जनजीवन नै अस्तब्यस्त बनाइरहेको छ । सहमति अनुसार अब उद्योगीले भाडामा लिएका खेतहरुको सिमांकन गरी खेती योग्य बनाइने छ । २०७६ असार मसान्तबाट इट्टा उद्योग भने स्वतः बन्द हुनेछन् ।

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ७ : ४४ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज