२०८२, ११ मंसिर बिहीबार

एक अर्ब ३० करोडको शकप्रद शेयर बिक्रीको स्वीकृति

एक अर्ब ३० करोडको शकप्रद शेयर बिक्रीको स्वीकृति


काठमाडौँ, २७ पुस : धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई रु एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० बराबरको हकप्रद शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् । बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर रु १४ करोड तीन लाख ३२ हजार ५०० मूल्यमा बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै सूर्य लाइफ इन्स्यारेन्स कम्पनीलाई दश बराबर सात कित्ताका दरले रु ७९ करोड २३ लाख ३० हजार बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकका दरले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर रु ११ करोड ५० लाख बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया लिमिटेड रहेको छ ।

बोर्डले माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकका दरले तीन लाख कित्ता हकप्रद शेयर रु तीन करोड बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि दुई बराबर एकको दरले रु दुई करोड ४० लाख २५ हजार बराबरको दुई लाख ४० हजार २५० कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । हकप्रद शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकको दरले रु १६ करोड बराबरको १६ लाख कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकको दरले रु तीन करोड २९ लाख ८९ हजारको तीन लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नाडेपको बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट र मिथिलाको काठमाडौँ क्यापिटल रहेको छ । त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थालाई पाँच बराबर एकका दरले रु एक करोड १० लाखको एक लाख दश हजार कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : ०६ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री