२०८३, ३० असार बुधबार

एक अर्ब ३० करोडको शकप्रद शेयर बिक्रीको स्वीकृति

एक अर्ब ३० करोडको शकप्रद शेयर बिक्रीको स्वीकृति


काठमाडौँ, २७ पुस : धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई रु एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० बराबरको हकप्रद शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् । बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर रु १४ करोड तीन लाख ३२ हजार ५०० मूल्यमा बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै सूर्य लाइफ इन्स्यारेन्स कम्पनीलाई दश बराबर सात कित्ताका दरले रु ७९ करोड २३ लाख ३० हजार बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकका दरले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर रु ११ करोड ५० लाख बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया लिमिटेड रहेको छ ।

बोर्डले माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकका दरले तीन लाख कित्ता हकप्रद शेयर रु तीन करोड बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि दुई बराबर एकको दरले रु दुई करोड ४० लाख २५ हजार बराबरको दुई लाख ४० हजार २५० कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । हकप्रद शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकको दरले रु १६ करोड बराबरको १६ लाख कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकको दरले रु तीन करोड २९ लाख ८९ हजारको तीन लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नाडेपको बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट र मिथिलाको काठमाडौँ क्यापिटल रहेको छ । त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थालाई पाँच बराबर एकका दरले रु एक करोड १० लाखको एक लाख दश हजार कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : ०६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै