२०८३, १८ आश्विन सोमबार

कुहिने फोहोर महानगरले खरिद गर्ने

कुहिने फोहोर महानगरले खरिद गर्ने


काठमाडौं,२७ पुष : पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरेकाले उनलाई फोहोर व्यवस्सथापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेपछि अहिले उनी मख्ख छन् । भन्छन्, ‘यसले वडा सफासुग्घर हुने मात्र नभई ५/६ रुपैयाँ भए पनि दैनिक आम्दानी हुनेछ । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । घोषणा भाषणमा सीमित नहोस्,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

ललितपुर महानगर, ३ वडाले वडावासीलाई यस बारेमा सूसुचित गराउन घरदैलो अभियान थालेको छ । पुल्चोकमा किराना पसल गर्ने रामेछापका धनबहादुर जिम्बा भन्छन्, ‘अभियान राम्रोसँग संचालन भएमा अरुको फोहोरसमेत समेट्न जान हुन्छन् ।’ उनले जनप्रतिनिधिले फोहोरमैला व्ववस्थापनसम्बन्धी नीतिगत निर्णय गरेरै अगाडि बढ्नु पर्ने बताए ।

पुल्चोकका रैथाने पद्मबहादुर शाक्यले कुहिने फोहोर घरमै व्यवस्थापन गर्दै आइरहेका छन् । उनको घरबाट सातामा २ केजी फोहोर उत्पादन हुन्छ । उनले समस्याको जड फोहोर नभई चेतनाको विकासमा कमी भएको बताए ।

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : ४१ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा