२०८३, ३२ असार शुक्रबार

त्रिविको जग्गा मिचेर बाटैबाटो

त्रिविको जग्गा मिचेर बाटैबाटो


काठमाडौं, २७ पुष : त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यलयको जग्गा अतिक्रम गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यसको अभियान्ता थिए नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसम्म गराउन लागेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठुला गाडी चल्ने भएका छन् । विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारको लागि निर्माणधीन भवनको पछाडिपट्टीको जग्गा मिचेर बाटो बनाइएको हो । त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गामा चर्को मूल्यमा भाडामा लगाउन र व्यक्तिगत भवन बनाउन थालिएको छ । बाटो बनेसँगै घरको काठा भत्काएर सटर बनाउन थालिएको छ ।

बाटो खोलेपछि आफ्नो जग्गा छाडेर काडेँतार लगाएको छ । विश्वविद्यालयका पदाधिकारीका अनुसार सरकारबाट बजेट पारेर पर्खाल लगाउने सर्तमाबाटो खोल्न दिइएको हो । ‘धेरै प्रयास गर्दा पनि रोक्न सकेनौँ,’ एक पदाधिकारीले भने । कुमारी क्लब छेउबाट त्रिविको गेटसम्म समेत यो फराकिलो बाटोबाट सहजै निस्कन सकिन्छ ।

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ६ : ५२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित