२०८३, २८ श्रावण शुक्रबार

शान्ति काव्य प्रवाहमा सुशासन, सुरक्षाको माग

शान्ति काव्य प्रवाहमा सुशासन, सुरक्षाको माग


काठमाडौँ, २६ पुस : मानव अधिकार तथा शान्ति समाजले शान्ति काव्य प्रवाहको ७५औँ शृङ्खलामा आज सुशासन तथा सुरक्षाको माग गर्दै कविता वाचन गरिएको छ । उक्त काव्य प्रवाहमा कविले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितता÷ भ्रष्टाचारको निष्पक्ष छनबिन तथा निर्मला पन्तको हत्यारा पहिचान गर्न सरकारलाई कवितामार्फत आग्रह गरिएको थियो । मुलुकमा रोजगारको अवसर कायम नहुँदा युवा जनशक्ति विदेशिन बाध्य भएको र गाउँगाउँमा युवापुस्ताको अभावले त्यहाँको विकास निर्माणमा बाधा पुगेको विषयलाई पनि कवितामार्फत व्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, मदन कार्की, रत्ननिधि रेग्मी, शारदा पराजुली, पुष्पा धमला, अतृप्त पाण्डे, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, रश्मी रिमाल, पुण्य गौतम विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुङ्गाना, गणेशप्रसाद खतिवडा, शर्मिला कार्की, मुकुन्द न्यौपाने, रवीन्द्र आशीष शैली, ललिता दोषी, देवकी तिमल्सिना, शिवराम खड्का, अच्युत पौडेल, केशवराज अर्याल, शाया मोक्तान, रत्नलक्ष्मी श्रेष्ठलगायतले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

समाजका अध्यक्ष उत्तम पुडासैनीले २०६८ मङ्सिर २९ गते प्रारम्भ गर्नुभएको उक्त प्रवाहअन्तर्गत काठमाडौँ उपत्यकाबाहिर पनि कविता वाचनका माध्यमबाट सामाजिक सशक्तीकरणका कार्य गरिएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ३६ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष