२०८२, २४ असार मंगलबार

कक्षा १२ पास नगर्नेलाई गाउँपालिकाको सेवा रोक्का

कक्षा १२ पास नगर्नेलाई गाउँपालिकाको सेवा रोक्का


रोल्पा, २६ पुस:  सुनिल गाउँपालिकाले महत्त्वकांक्षी योजना ल्याएको छ। आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले कक्षा १२ उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरको हो। ‘अब यस गाउँपालिकाभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले अनिवार्य रुपमा कक्षा १२ उत्तीर्ण गर्नुपर्नेछ।

यदि बीचमै पढाइ छाडेको पाइए गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा कटौती गर्नेछौं,’ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीते भने। यदि कोही घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसक्ने छ भने उसका वडा वा गाउँपालिका कार्यालयमा निवेदन दिए कक्षा १२ सम्म पढाउने जिम्मा आफूहरुले लिने अध्यक्ष घर्ती बताएको समाचार नागरिक दैनिकमा छ। प्रत्येक वडामा कक्षा १२ सम्म विद्यालय सञ्चालन गर्ने तथा गाउँपालिकाभित्र एउटा क्याम्पस स्थापना गर्ने तयारी भइरहेको स्मृति गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ४६ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज