२०८३, २२ आश्विन शुक्रबार

दादुरा खोप लगाउँदा बालकको मृत्यु

दादुरा खोप लगाउँदा बालकको मृत्यु


टीकापुर, २५ पुस : बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । “बच्चालाई कुनै समस्या थिएन । बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ । खोप लगाएको १५ मिनेटमै बच्चा बेहोस भयो । टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै बच्चाको मृत्यु भइहाल्यो”, मृतक बालकका बुबा वासुदेव चौधरीले भन्नुभयो, “स्वस्थ बच्चा खोप लगाएको केही क्षणमै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरवाही भएकाले यसको अनुसन्धान गरी संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्दछ ।”

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमसिंह परियारले एकै भाइल सातदेखि १० बालकलाई लगाइने र अरू बच्चामा केही समस्या नभएको बताउनुभयो । उहाँले ती बालकलाई यो दोस्रो डोज लगाइएको र कसरी हुन गयो भन्ने कुरा खोप महाशाखा र विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकलाई खबर गरिसकेको बताउनुभयो ।

टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने बताउनुभयो । “खोपले गर्दा बच्चाको मृत्यु भए÷नभएको टीकापुर अस्पतालमा परीक्षण गर्न सकिँदैन, खोपप्रति आशङ्का भए प्रविधियुक्त अस्तपालमा परीक्षण गर्नुपर्दछ । चिकित्सक खनालले भन्नुभयो, “अरू बच्चालाई पनि खोप दिनुपर्ने भएकाले सरकारले आफैँ परीक्षण तथा सजकता अपनाउनुपर्ने बताउनुभयो । बालकको शवपरीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ९ : १३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य