२०८२, २५ कार्तिक सोमबार

दादुरा खोप लगाउँदा बालकको मृत्यु

दादुरा खोप लगाउँदा बालकको मृत्यु


टीकापुर, २५ पुस : बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । “बच्चालाई कुनै समस्या थिएन । बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ । खोप लगाएको १५ मिनेटमै बच्चा बेहोस भयो । टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै बच्चाको मृत्यु भइहाल्यो”, मृतक बालकका बुबा वासुदेव चौधरीले भन्नुभयो, “स्वस्थ बच्चा खोप लगाएको केही क्षणमै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरवाही भएकाले यसको अनुसन्धान गरी संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्दछ ।”

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमसिंह परियारले एकै भाइल सातदेखि १० बालकलाई लगाइने र अरू बच्चामा केही समस्या नभएको बताउनुभयो । उहाँले ती बालकलाई यो दोस्रो डोज लगाइएको र कसरी हुन गयो भन्ने कुरा खोप महाशाखा र विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकलाई खबर गरिसकेको बताउनुभयो ।

टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने बताउनुभयो । “खोपले गर्दा बच्चाको मृत्यु भए÷नभएको टीकापुर अस्पतालमा परीक्षण गर्न सकिँदैन, खोपप्रति आशङ्का भए प्रविधियुक्त अस्तपालमा परीक्षण गर्नुपर्दछ । चिकित्सक खनालले भन्नुभयो, “अरू बच्चालाई पनि खोप दिनुपर्ने भएकाले सरकारले आफैँ परीक्षण तथा सजकता अपनाउनुपर्ने बताउनुभयो । बालकको शवपरीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ९ : १३ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।