२०८३, २२ आश्विन शुक्रबार

माघी पर्वमा सार्वजनिक बिदा

माघी पर्वमा सार्वजनिक बिदा


सुर्खेत, २५ पुस: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ । नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर सकराती मेलालाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताउनुभएको हो । उहाँले आन्दोलनको बलबाट प्राप्त संविधानले नै सबै वर्ग–समुदायको हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

“अब अधिकारको लडाइँ सकियो, यदि कतै असन्तुष्टि भए शान्तिपूर्ण वार्ताबाटै निकास सम्भव छ”, उहाँले भन्नुभयो, “आन्दोलन गरेर समय खेर कसैल नफालौँ, सबै आर्थिक विकासतर्फ केन्द्रित हुनु आवश्यक छ ।” मुख्यमन्त्री शाहीले मुलुकमा सुशासन र विकासका लागि सबै जातजाति, भाषा, धर्म, समुदाय एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री दल रावलले मगर बाहुल्य बस्तीका विद्यालयमा भाषा पाठशाला तथा मगर सङ्ग्रहालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । सो मेलालाई प्रदेश उपसभामुख पुष्पा घर्ती विष्ट, प्रदेशसभा सदस्य पद्मा खड्का, अमृता विसी, विन्दमान विष्ट, नगर प्रमुख देवकुमार सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ९ : ०६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य