२०८२, ३ चैत्र बुधबार

सिरियामा दुई पक्षका लडाकूबीच भिडन्त, ३२ को मृत्यु

सिरियामा दुई पक्षका लडाकूबीच भिडन्त, ३२ को मृत्यु


कुर्दिस आवद्ध लडाकूमाथि आईएस लडाकूहरुले गरेको भीषण आक्रमणमा परी अमेरिकी सहयोगमा रहेका सिरियाली लडाकू समूहका ३२ जना लडाकूको ज्यान गएको बताइएको छ । सिरियन डेमोक्र्याटिक फोर्सेस (एनडीएफ) का ती ३२ जना लडाकू अमेरिकी सरकारको सहयोगमा सङ्घर्षरत् छन् । सिरियाली सैनिकका विरुद्धमा सङ्घर्ष जारी राखेका छन् र उनीहरुमाथि आईएसले कारबाही गर्ने गरेको छ ।

आइतबार सिरियाको युफारेट्स उपत्यकामा ती लडाकूका विरुद्ध आईएसले हमला थालेका थिए । त्यस क्रममा कट्टरपन्थी आईएसका पनि नौ जनाको ज्यान गएको बताइएको छ । सो उपत्यकामा कमजोर मौसमको फाइदा उठाउँदै जिहादीहरुले हमला गरेको समाचारमा जनाइएको छ । आइतबार अपराह्न भएको सो हमलाका क्रममा अरू पनि कैयौँ लडाकू घाइते भएको अधिकारीहरुले बताएका छन् ।

सिरियाली मानवाधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुखले दिएको जानकारीअनुसार सो उपत्यकामा आइतबार अपराह्नबाट शुरु भएको हमला सोमबार बिहानसम्म जारी रहेको थियो । सोमबार बिहानसम्म ३२ जनाको शव भेटिएको र अरू कैयौँ घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुले जहिले पनि जिहादीहरुले यस्तै खराब मौसमको समय पारेर हमला गर्ने गरेको बताएका छन् ।

सिरियामा कुर्दिस अरब गठबन्धनले करीब १७ हजार लडाकू तैनाथ गरिरहेका बताइएको छ । तिनीहरु प्रायः सबै सैनिक पृष्ठभूमिका मानिस रहेका र उनीहरुसँग पनि अत्याधुनिक हतियार रहेको छ । उनीहरु हालको सिरियाली सरकारका विरुद्धमा लड्ने गर्दछन् । ती लडाकूका विरुद्धमा आईएस जिहादीहरुले पनि खतरनाक रुपमा हमला गर्ने गरेका छन् ।

सो क्षेत्रमा गएको सेप्टेम्बर १० देखि ती लडाकूहरुलाई खटाइएको हो । त्यस यता उक्त क्षेत्रमा कम्तीमा पनि एक हजार ८० जना आईएस जिहादीको ज्यान गएको छ । साथै यस समयावधिमा उक्त क्षेत्रमा कुर्दिस लडाकूतर्फ पनि ठूलो क्षति भएको छ । उनीहरुका पनि ६०२ जना लडाकू मारिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

सिरियामा सन् २०११ मा यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल–कायदा र इस्लामिक स्ट्टेस् जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा परी ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् र लाखौँले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ७ : ४७ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका