२०८३, ३० असार बुधबार

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो सहुलियत कर्जा, कुन-कुन कामका लागि पाइन्छ ऋण ?

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो सहुलियत कर्जा, कुन-कुन कामका लागि पाइन्छ ऋण ?


काठमाडौँ, पुस २४: राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको छ । सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशत बिन्दुले ब्याज अनुदान दिन्छ । यस्तो कर्जा सबै वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने भए पनि राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा सस्तोमा प्राप्त गर्न सकिन्छ ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशत छ । बैंकहरूले यस्ता उत्पादनशील कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत बिन्दुले थपेर ब्याजदर तय गर्छन् । सरकारले पाँच प्रतिशत बिन्दुले ब्याजदर अनुदान दिने भएकाले राष्ट्रिय वाणिज्य बैंकबाट ३.३३ प्रतिशतमा तोकिएका शीर्षकमा सहुलियत कर्जा प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए ।

सहुलियत कर्जा सुरुवात कार्यक्रममा बैंकका अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा दुई जनालाई सहुलियत कर्जा दिइएको छ । कार्यक्रम शुभारम्भको क्रममा बैंकका अध्यक्षसमेत रहेका सचिव गुरुङले सहुलियत कर्जा कार्यक्रमले उद्यम गर्न चाहने, नवीन सोच भएका युवाका लागि अवसर भएको बताए । ‘उद्यमशीलता विकासमार्फत अर्थतन्त्रमा रूपान्तरणका लागि सरकारले कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

पहिलो सहुलियत कर्जा काठमाडौं नैकापमा भीमप्रसाद अधिकारी र एक्मी इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययनरत छात्रा रजनी हायूलाई प्रदान गरिएको छ । अधिकारीले सात लाख रुपैयाँको शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गरेका हुन् । उनले क्याटरिङ व्यवसाय सञ्चालन गर्न ऋण लिएका थिए । त्यस्तै, लोपोन्मुख जातिकी छात्रा हायूलाई इन्जिनियरिङलाई पाँच लाख रुपैयाँको उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दिइएको हो ।

यस्तो सहुलियत कर्जा सात विविध क्षेत्रमा दिइन्छ । व्यावसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केकालाई कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदायका लागि व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितका लागि आवास कर्जाजस्ता बिनाधितो कर्जाको प्रकृतिअनुसार तीन लाखदेखि अधिकतम १० लाखसम्म व्यक्तिगत र सामूहिक जमानीमा ऋण दिने व्यवस्था गरिएको छ । महिला उद्यमशीलताका लागि अधिकतम १५ लाख र व्यावसायिक कृषि तथा पशुपंक्षी पालनका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा पाइन्छ । १० लाख माथिको कर्जा लिन भने कम्पनी दर्तादेखि ऋण लिने अरू नियमित प्रक्रिया पूरा गर्नुपर्ने सीईओ श्रेष्ठले बताए ।

बैंकहरूले सहुलियत ब्याजदरमा दिने कर्जाको बिमा गराउने व्यवस्था छ । यसका लागि निक्षेप तथा कर्जा सुरक्षण निगमसँग सम्झौता हुन्छ । सुरक्षणको प्रिमियम सरकारले ७० प्रतिशत र बैंकले ३० प्रतिशत अनुपातमा तिर्छन् । ‘नवीन सोच र व्यवसायको अवधारणा भएका र बैंकले सकार्ने धितो नरहेका व्यक्तिले यो कर्जाको उपयोग गरेर आफूलाई उद्यमी बनाउन सक्छन्’, सीईओ श्रेष्ठले भने, ‘सरकारले ब्याजदरमा सहुलियत दिएर उद्यमशील समाज निर्माण गर्न चाहेको छ । यसलाई सघाउन राष्ट्रिय वाणिज्य बैंकले विशेष अभियान सञ्चालन गर्छ ।’ बैंकले उद्यम गर्न चाहाने, नवीन सोच भएका युवालाई कर्जा लिन पहल गर्न आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ७ : २५ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै