२०८३, २२ आश्विन शुक्रबार

काभ्रेका ढुंगामाटोको सबै घर रेट्रोफिटिङ गर्न सकिन्छ

काभ्रेका ढुंगामाटोको सबै घर रेट्रोफिटिङ गर्न सकिन्छ


धुलिखेल २२ पुस : भुकम्पले काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ च्याल्टीमा धेरै घरहरुमा क्षति पु¥याएको थियो । केही घर पूर्ण रुपमा भत्किएका थिए । धेरै घरहरु चर्किएको अवस्थामा थियो ।

ढुंगामाटोले बनेको घरलाई रेट्रोफिटिङ गर्न हुँदैन भन्ने तर्क वडाअध्यक्ष खचेन्जीबहादुर लामाको रहेको थियो । रेडियो नमोवुद्धले रेट्रोफिटिङ सम्बन्धी वडाअध्यक्ष समक्ष सामुदायिक छलफल गर्नका लागि अनुरोध गरेको थियो । शुरुमा वडाअध्यक्ष सहमत भएका थिएनन् ।

रेडियो नमोवुद्धबाट जयनन्द लामाको स्वरमा बनेको रेट्रोफिटिङ सम्बन्धी पीएसए (सूचना) प्रशारण भएको उनले थाहा पाएपछि उनैले रेडियोमा फोन सम्पर्क गरेका थिए । पीएसएमा डोकोलाई मर्मत गरेको सूचना जारी गरिएको थियो ।

उनले आफ्नो वडामा भएका सबै घरहरुलाई पीएसले भनेजस्तै गरी मर्मत गर्न सकिंदो रहेछ भन्ने कुरा हामीलाई सुनाएका थिए । त्यसपछि हामीले उक्त स्थानमा सामुदायिक छलफल गाउँघर रेकर्ड गरेका थियौं । छलफल हुनुअघि स्थानीयहरुले रेट्रोफिटिङ गर्न इच्छा जाहेर गरेका थिएनन् ।

छलफलमा वडाअध्यक्ष र पुनर्निर्माण प्राधिकरणका इन्जिनियर विक्रम सापकोटाले रेट्रोफिटिङले घरको पुरानो मौलिकपन कायम रहँने, कम लागतमा निर्माण गर्न सकिने, पहिला भएको पुरानो घर फराकिलो हुने र घरपर्दो र विश्वासिलो पनि हुने कुरा बताएका थिए ।

त्यसपछि सुवर्णदास लामाले आफ्नो घरलाई रेट्रोफिटिङ गर्ने निधो गरे । उनले भने आफ्नो घरओरिपरि बनेका २ कोठे घरमा कोही नबसेको र त्यसमा चौपाय पालेको पनि खुलासा गरेका थिए ।

यसैगरी अरु स्थानीयहरुले २ कोठे घरहरुभन्दा पुरानै चर्किएका घरलाई रेट्रोफिटिङ गर्न सहमत भएका थिए । यसैगरी अहिले त्यसभेगमा १५ भन्दा बढी ढुंगामाटोले बनेका चर्किएका घरहरुमा रेट्रोफिटिङ भइरहेको छ ।

अहिले वडाअध्यक्ष खचेन्जी लामा र गाउँपालिका अध्यक्ष गोपाल तिमल्सिनाले स्थानीयलाई रेट्रोफिटिङ गर्नका लागि प्रेरित गरिरहेका छन् । यसअघि उनीहरु पनि यस कार्यमा सहमत देखिएका थिएनन् ।

प्रकाशित मिति : २०७५, २२ पुस आईतबार  ७ : ०० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य