२०८३, १३ कार्तिक शुक्रबार

काभ्रेका ढुंगामाटोको सबै घर रेट्रोफिटिङ गर्न सकिन्छ

काभ्रेका ढुंगामाटोको सबै घर रेट्रोफिटिङ गर्न सकिन्छ


धुलिखेल २२ पुस : भुकम्पले काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ च्याल्टीमा धेरै घरहरुमा क्षति पु¥याएको थियो । केही घर पूर्ण रुपमा भत्किएका थिए । धेरै घरहरु चर्किएको अवस्थामा थियो ।

ढुंगामाटोले बनेको घरलाई रेट्रोफिटिङ गर्न हुँदैन भन्ने तर्क वडाअध्यक्ष खचेन्जीबहादुर लामाको रहेको थियो । रेडियो नमोवुद्धले रेट्रोफिटिङ सम्बन्धी वडाअध्यक्ष समक्ष सामुदायिक छलफल गर्नका लागि अनुरोध गरेको थियो । शुरुमा वडाअध्यक्ष सहमत भएका थिएनन् ।

रेडियो नमोवुद्धबाट जयनन्द लामाको स्वरमा बनेको रेट्रोफिटिङ सम्बन्धी पीएसए (सूचना) प्रशारण भएको उनले थाहा पाएपछि उनैले रेडियोमा फोन सम्पर्क गरेका थिए । पीएसएमा डोकोलाई मर्मत गरेको सूचना जारी गरिएको थियो ।

उनले आफ्नो वडामा भएका सबै घरहरुलाई पीएसले भनेजस्तै गरी मर्मत गर्न सकिंदो रहेछ भन्ने कुरा हामीलाई सुनाएका थिए । त्यसपछि हामीले उक्त स्थानमा सामुदायिक छलफल गाउँघर रेकर्ड गरेका थियौं । छलफल हुनुअघि स्थानीयहरुले रेट्रोफिटिङ गर्न इच्छा जाहेर गरेका थिएनन् ।

छलफलमा वडाअध्यक्ष र पुनर्निर्माण प्राधिकरणका इन्जिनियर विक्रम सापकोटाले रेट्रोफिटिङले घरको पुरानो मौलिकपन कायम रहँने, कम लागतमा निर्माण गर्न सकिने, पहिला भएको पुरानो घर फराकिलो हुने र घरपर्दो र विश्वासिलो पनि हुने कुरा बताएका थिए ।

त्यसपछि सुवर्णदास लामाले आफ्नो घरलाई रेट्रोफिटिङ गर्ने निधो गरे । उनले भने आफ्नो घरओरिपरि बनेका २ कोठे घरमा कोही नबसेको र त्यसमा चौपाय पालेको पनि खुलासा गरेका थिए ।

यसैगरी अरु स्थानीयहरुले २ कोठे घरहरुभन्दा पुरानै चर्किएका घरलाई रेट्रोफिटिङ गर्न सहमत भएका थिए । यसैगरी अहिले त्यसभेगमा १५ भन्दा बढी ढुंगामाटोले बनेका चर्किएका घरहरुमा रेट्रोफिटिङ भइरहेको छ ।

अहिले वडाअध्यक्ष खचेन्जी लामा र गाउँपालिका अध्यक्ष गोपाल तिमल्सिनाले स्थानीयलाई रेट्रोफिटिङ गर्नका लागि प्रेरित गरिरहेका छन् । यसअघि उनीहरु पनि यस कार्यमा सहमत देखिएका थिएनन् ।

प्रकाशित मिति : २०७५, २२ पुस आईतबार  ७ : ०० बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित