२०८२, २२ जेष्ठ बिहीबार

‘कम उमेरका किशोरी करणीको शिकार’

‘कम उमेरका किशोरी करणीको शिकार’


गोदावरी, २० पुुस : अठार वर्षमुनिका किशोरीहरु धेरैजसो जबर्जस्ती करणीको शिकार हुने गरेका छन् । अठार वर्षमुनिका किशोरीले सही र गलत कुराको विचार गर्न नसक्दा जबर्जस्ती करणीको शिकार पर्ने गरेका हुन् । ललितपुरमा आज आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको ‘विद्यालय प्रहरी सम्पर्क कार्यक्रममा’ १८ वर्ष मुनिका किशोरीको क्षमता सही र गलत छुट्टयाउन नसक्ने हँुदा उनीहरु बढी जबर्जस्ती करणीको शिकार हुने गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंँका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो ।

“आफन्त वा चिनजानका व्यक्तिबाट ६४ प्रतिशत किशोरी जबर्जस्ती करणीको शिकार पर्ने गर्नुभएको छ”, उपरीक्षक श्रेत्रीले भन्नुभयो, “ केवल ३० प्रतिशत चिनजान नभएका व्यक्तिबाट किशोरीहरु जबर्जस्ती करणीका शिकारमा पर्नुहुन्छ ।” ललितपुर महानगरपालिका १३ का वडाध्यक्ष रामकुमारी लिम्बूले बालबालिकाले परिवारसँगभन्दा बढी समय विद्यालयका शिक्षक र शिक्षिकासँग बिताउने हुँदा ती बालबालिकामा विशेष ध्यान दिनुपर्ने जानकारी दिनुभयो । “बालबालिकाको जीवन रक्षा गर्ने दायित्व परिवारभन्दा बढी शिक्षकशिक्षिकाको हातमा छ”, वडाध्यक्ष लिम्बूले भन्नुभयो, “विद्यालयमा शिक्षकशिक्षिकाले कडाइका साथ आफ्ना विद्यार्थीको जीवन सुधार्न लाग्नुपर्छ ।”

महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रबहादुर धानुकले बालबालिकालाई प्रहरीलाई अभिभावकसरह लिई आफूमा परेका समस्या उजागर गर्न आग्रह गर्नुभयो । “विद्यार्थी, शिक्षक, अभिभावक, प्रहरी र स्थानीय तह सबै मिली समुदायबाट अघि बढ्दा जुनसुकै अपराध नियन्त्रण हुन्छ”, धानुकले थप्नुभयो, “प्रहरीलाई बालबालिकाले साथीसरह व्यवहार गरी आफ्नो पीडा पोख्दा थुप्रै जोखिमको समाधान गर्न सकिन्छ ।”
माछापुच्छे्र्र्र« विद्यालयका कार्यकारी प्रमुख विनोदप्रसाद यादवले बालबालिकामा प्रहरीसम्बन्धी परेको नकारात्मक मनोवैज्ञानिक त्रास साझेदारी कार्यक्रममार्फत हटाउन सफल भएको जानकारी दिनुभयो ।

महानगरीय वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले १६ वर्षमुनिका किशोरकिशोरीलाई सामाजिक सञ्जालको प्रयोग नगर्न आग्रह गर्नुभयो ।
सो अवसरमा सहभागीले विद्यार्थी र शिक्षकको सम्बन्ध गुरुकुलको जस्तो हुनुपर्ने, शिक्षकहरु सामाजिक सञ्जालभन्दा निकै अघि बढ्नुपर्ने, अभिभावकले सन्तानसँग खुलेर कुरा गर्नुपर्ने, अपराध बढाउने अवसर समाजबाट हटाउनुपर्ने, हरेक परिवारले आफ्ना बालबालिका र उनीहरुको क्रियाकलापमा ध्यान दिनुपर्ने, अश्लील तस्वीर वा भिडियो खिंच्न वा खिंचाउन नहुने, प्रेमजोडीले एकान्त स्थानमा नभई सार्वजनिक स्थानमा भेटघाट गर्नुपर्ने, अपरिचित व्यक्तिसँग बोल्दा कुनै जोखिम हुने सम्भावना देखिएमा बोल्दै हिँड्नुपर्ने, खराब मानिसको हाउभाउ र इशाराको विचार गर्नुपर्ने, जबर्जस्ती करणीको घटनामा परियो भने ननुहाई प्रहरीचौकीमा जानुपर्ने जस्ता सुझाव दिएका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ६ : २१ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक