२०८३, ११ बैशाख शनिबार

चार किलो सुनसहित तीन पक्राउ

चार किलो सुनसहित तीन पक्राउ


धादिङ, २० पुस : गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट अवैध चार किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो ।

प्रहरीले पृथ्वीराजमार्गको गजुरीमा सवारी जाँच गर्दा बा ८७ प ७७३१ र प्रदेश नम्बर ३ ०२–००३ प २५४० नम्बरका मोटरसाइकलबाट उक्त सुन बरामद गरेको थियो । प्रहरीले सुन र मोटरसाइकलसमेत तीनजनालाई हिरासतमा लिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ६ : १० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले