२०८२, २४ भाद्र मंगलबार

राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने

राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने


काठमाडौँ १९ पुस : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएको प्रस्ताव पेश गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजसमेत उल्लेख गरी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा रु एक अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा रु २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ४२ लाख गरी कूल एक अर्ब ४८ करोड ३५ लाख निक्षेपका रुपमा राख्न प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ । बैंकका अनुसार रकम लिन तोकेको सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी आगामी आइतबार प्रस्ताव पेश गर्न भनेको छ ।

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ८ : ३१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा