२०८३, २६ आश्विन मंगलबार

राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने

राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने


काठमाडौँ १९ पुस : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएको प्रस्ताव पेश गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजसमेत उल्लेख गरी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा रु एक अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा रु २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ४२ लाख गरी कूल एक अर्ब ४८ करोड ३५ लाख निक्षेपका रुपमा राख्न प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ । बैंकका अनुसार रकम लिन तोकेको सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी आगामी आइतबार प्रस्ताव पेश गर्न भनेको छ ।

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ८ : ३१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका