२०८३, ३२ असार शुक्रबार

बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार


काठमाडौँ, पुस १९ : देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन् । परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउँछिन् । सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन । मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ । मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ ।

एक हजार जनसंख्याको भागमा एउटा नर्स पनि पर्दैनन्
विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्याबराबर २.५ अर्थात् कम्तीमा तीनजना नर्स आवश्यक पर्ने बताएको छ । तर, नेपालमा भएका २५ हजार नर्स र नेपालको कुल जनसंख्यालाई आधार बनाउँदा एक हजार जनसंख्यालाई एउटा नर्स पनि भाग पुग्दैन । हाल २५ हजार नर्सले २ करोड ६४ लाखभन्दा बढी जनसंख्यालाई सेवा प्रवाह गरिरहेको अवस्था छ । छिमेकी मुलुक भारतमै प्रतिहजार जनसंख्यामा दुई नर्स छन् । भुटानमा १, श्रीलंका २, चीनमा २, बेलायतमा ९, अमेरिकामा १०, अस्ट्रेलियामा ११ र जापानमा ११ नर्स एक हजार जनसंख्याको भागमा पर्छन् ।

आठ हजार स्वास्थ्य संस्था
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आठ हजार तीन सय १४ स्वास्थ्य संस्था छन् । जनसंख्यालाई आधार मान्दा हाल नेपालमा भएका स्वास्थ्य संस्थामा ६८ हजार चार सय ९० नर्सको आवश्यकता छ । तर, बेरोजगार नर्सलाई समेत व्यवस्थापन गरिएको छैन । सरकारले संघीय संरचनासँगै वडा, विद्यालय र उद्योग क्षेत्रमा एक नर्स राख्ने नीति लिएको छ । ‘सरकारले लिएको नीति लागू भए हालका कुनै पनि नर्स बेरोजगार बस्नुपर्दैन,’ नर्सिङ क्षेत्रकी जानकार लक्ष्मी राई भन्छिन् ।

रोजगार भएका पनि श्रमशोषणमा
रोजगार भएका पनि श्रमशोषणमा रहेको नर्सहरूको गुनासो छ । उत्पादन भएका नर्सलाई राज्यले रोजगारी दिन नसक्नु र सेवामा आबद्ध भएकाहरू पनि शोषणमा पर्नु दुखद भएको उनीहरू बताउँछन् । नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमादेवी निरौलाले सेवामा आबद्ध भएका नर्स श्रमशोषणमा परिरहेको बताइन् । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल पनि सरकारी र निजी अस्पताल तथा नर्सिङहोममा नर्सहरूमाथि चरम आर्थिक तथा सामाजिक शोषण हुने गरेको बताउँछिन् । देशको ६० प्रतिशत स्वास्थ्य सेवा नर्सहरूको भरमा रहेको उनीहरूको दाबी छ ।

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ७ : २४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित