२०८२, ३२ असार बुधबार

पहिरोमा परी एक महिला बेपत्ता

पहिरोमा परी एक महिला बेपत्ता


नुवाकोट, १७ पुस : विदुर नगरपालिका–१० गेर्खुटारस्थित ढाडखर्क खोलामा सडक विस्तारका क्रममा आएको पहिरोमा परी एक महिला बेपत्ता हुनुभएको छ । आज साँझपख विदुर–१० गैरीखर्ककी ७२ वर्षीया ठूली तामाङ पहिरोमा परी बेपत्ता हुनुभएको उहाँका श्रीमान् प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । सडक विस्तारको काम भइरहेका बेला स्काभेटर रोकेर पैदल यात्रु पास गराउने क्रममा माथिबाट खसेको पहिरामा परेर उहाँ बेपत्ता हुनुभएको हो ।

स्थानीय र प्रहरीले बेपत्ता ठूलीको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । पहिरामा परेकी अर्की एक महिलाको भने जीवतै उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पठाइएको स्थानीय शिक्षक मुकुन्द नेपालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : ०० बजे

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

काठमाडौं । नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

पेट्रोल र डिजलको मूल्य घटयो

काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक

आज पाँच प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी