२०८३, १ असार मंगलबार

काभ्रे जिल्लाकै पहिलो साक्षर नगर मण्डनदेउपुर

काभ्रे जिल्लाकै पहिलो साक्षर नगर मण्डनदेउपुर


काठमाण्डौ पुस १७ :  काभ्रेको मण्डदनदेउपुर नगरपालिकालाई काभ्रे जिल्लाकै पहिलो साक्षर नगर घोषणा गरिएको छ । नगरभित्रका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएपछि  साक्षर नगर घोषणा गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नगरप्रमूख टोक बहादुर वाईबालाई साक्षर नगर भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोन्दै मन्त्री बाँस्कोटाले विकसित मुलकहरुमा समेत ९० प्रतिशत साक्षर दर नरहेको दाबी गर्दै मण्डनदेउपुर नगरपालिकालाई हरेक पक्षबाट नमूना बनाउने बताए । ‘मुलुकलाई समृद्ध बनाउन गाउँबाटै सुरु गर्ने हो, मन्त्री बाँस्कोटाले भने ‘सपना देखेर मात्रै हुन्दै सपना पुरा गर्न दृढ इच्छाशक्ति र संकल्प आवश्यक पर्छ ।’

मन्त्री बाँस्कोटाले नगरलाई प्रविधि मैत्री बनाएर आम नगरबासीको कामलाई छिटो, छरितो र भरपर्दो गर्न नगरपालिकालाई सुझाव समेत दिए ।

नगर प्रमुख टोक बहादुर वाईबाले नगरको शैक्षिक विकासमा नयाँ प्रविधि अपनाइएको जानकारी गराउँदैँ भावीदिनमा प्रविधिको उच्चतम प्रयोग गरी आम नगरबासीको सेवा सुविधालाई सहज बनाउने बताए । ‘हामी हाम्रो नगरबासीको सेवा प्रवाहलाई मजबुत, भरपर्दो र छिटो बनाउन कसरी सकिन्छ भन्ने कुरामा चिन्तित छौँ, उनले भने ‘यसमा सबैको भूमिका आवश्यक छ ।’

कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका उपसभापति अच्यतु प्रसाद पौडेलले साक्षर नगर घोषणाले दिर्घकालिन् प्रभाव पर्ने भन्दै अन्य स्थानीय निकायलाई समेत उदाहरणीय बन्ने बताए ।

प्रमूख प्रशासकिय अधिकृत मोहन अधिकारीले नगरपालिकाभित्रका विद्यालय, सामुदायिक अध्यन केन्द्र, विभिन्न सामाजिक संघसंस्था, वुद्धिजीवि लगायतको सहयोगले नगरलाई साक्षर घोषणा गर्न मद्दत पुगेको भन्दै आगमी दिनमा पनि सामाजिक काममा सहकार्य गर्दै जाने बताए ।

कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल,बसुन्धरा हुमागाई, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी लगायतले साक्षर नगर घोषणाको प्रसंशा गर्दै अन्य नगरपालिककाले समेत यहिबाट सिक्नु पर्ने बताए ।

स्थानीय पार्वती सोपकाटाले आफुहरु सामान्य साक्षर मात्रै भएको भन्दै दैनिक जीवन सहज बनाउन अझै बढी शिक्षा हासिल गर्न जरुरी रहेको बताइन् । ‘हामी सामान्य साक्षर भएका छौँ, उनले भनिन् ‘अझ धेरै सिक्ने वातावरण घर परिवार, समाज र नगरपालिकाले बताइदिनु पर्छ ।’ शिक्षा नै समाज परिवर्तनको संवाहक हो भन्दै उनले थपिन् ‘शिक्षाले मानिसलाई सक्षम मात्रै बनाउँदैन रहेछ, घर, परिवार र समाज परिवर्तनमा रहेको बिकृति, विसंगती हटाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ६ : ५९ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई