२०८३, ३१ असार बिहीबार

हर्न निषेधित तथा प्लाष्टिक नियन्त्रण अभियान शुरु

हर्न निषेधित तथा प्लाष्टिक नियन्त्रण अभियान शुरु


वीरगञ्ज, १७ पुस: वीरगञ्ज महानगरपालिकाले आजदेखि हर्न निषेधित तथा प्लाष्टिकमुक्त अभियान शुरु गरेको छ । बढ्दै गएको हर्न तथा प्लाष्टिकको प्रयोगले महानगर क्षेत्रमा प्रदूषण बढ्नुका साथै नगरक्षेत्र कुरुप बन्न थालेपछि सोको नियन्त्रण गरी स्वच्छ नगर बनाउने लक्ष्य लिइएकोे छ । प्लाष्टिकको प्रयोगले आँखाको समस्या, दम, फोक्सोको क्यान्सर, थाइराइड र प्रजननसम्बन्धी हर्मोनको समस्या हुने गरेको छ । महानगरले आजदेखि ३० माइक्रोनभन्दा कमका प्लाष्टिक उत्पादन र प्लाष्टिकजन्य पदार्थको उपयोगमा कडाइका साथ नियन्त्रण गर्ने तथा प्रेसर हर्न बजाउन बन्देज लगाएको छ ।

नगरप्रमुख विजयकुमार सरावगीले आफ्नो मौलिकता संरक्षण र विकासमा मात्र सामाजिक समृद्धि सम्भव भएकाले सो प्राप्ति गर्न पहिलो चरणमा जनतालाई सुसूचित गर्न सो अभियानको थालनी गरिएको र उक्त अभियान उल्लङ्घन गर्नेलाई कारवाही गरिने बताउनुभयो । बत्तीस वडा रहेको महानगरभित्र दुई लाख ४० हजार ९२२ जनसङ्ख्या रहेको छ । नगरक्षेत्रभित्र दैनिक निस्कने ८० टन फोहरमध्ये बढी प्लाष्टिक नै हुने गरेको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ७ : ०४ बजे

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति

जनकपुरधाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सरकारसँग वार्ता गर्न

सिंहदरबारमा बालेन-लिङ्देन संवाद, समसामयिक राजनीतिदेखि राष्ट्रिय मुद्दासम्म छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी