२०८३, २३ भाद्र बुधबार

नगरपालिकाकाको कार्यकक्षमै कुटिए पराजुली

नगरपालिकाकाको कार्यकक्षमै कुटिए पराजुली


लमजुङ, १६ पुस : जिल्लाको सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कार्यकक्षमै कुटिएका छन् । युवा संघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले नगरपालिकाका लेखापाल पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेका हुन् । सुन्दरबजार अस्पतालको औषधीको टेण्डरको विषयलाई लिएर पटक–पटक लेखापाललाई धम्काउँदै आएका श्रेष्ठले सोमबार बिहान सवा ११ बजे कार्यालयमै पसेर कुटपिट गरेको पीडित पराजुली बताउँछन् । पराजुलीको अनुहारमा चोट लागेको छ । ‘नविनले मलाई नटेर्ने तैंले भनेर कुट्न थाले’ उनले भने, ‘अन्धाधुन्द कुटाईले मेरो शरीर थिलो थिलो भएको छ ।’ लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।

श्रेष्ठले लेखापालसँगै नगरपालिकाका नायब सुब्बा होमनाथ पौडेललाई समेत हातपात गरेका थिए । पराजुली गत फागुनदेखि सुन्दरबजार नगरपालिकामा लेखापालको रुपमा कार्यरत छन् । सुन्दरबजार अस्पतालले औषधीसम्बन्धी २६ लाख ५० हजार रुपैयाँ बराबरको टेण्डर आह्वान गरेको थियो । उपाध्यक्ष श्रेष्ठ अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले उक्त घटना अमाननीय भएको भन्दै घटनाको दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने बताए । घटनालाई लिएर निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन केन्दी्रय कार्य समितीका कार्यालय सचिव पुरुषोतम भट्टद्धारा हस्ताक्षर गरि जारी गरिएको प्रेस विज्ञप्ती मार्फत निज श्रेष्ठलाई कारबाहीको माग गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘निजामती कर्मचारीहरुको समायोजन प्रक्रिया समेत भइरहेको यस ऐतिहासिक समयमा नेपाल र नेपाली जनताको सेवामा कार्यरत निज लेखापालमाथि गरिएको अमानवीय जंगली शैलीप्रति यस समिती घोर आपत्ती प्रकट गर्दछ ।’

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ७ : ५४ बजे

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४