२०८३, १० भाद्र बिहीबार

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल


जुम्ला, १६ पुस: अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरुप न्यानो झोला र कम्बल उपलब्ध गराइएको छ । चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि न्यानो झोला र कम्बल उपलव्ध गराएको हो ।

नगर प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई सुरक्षित मातृत्वको सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँका अनुसार २५० थान न्यानो झोला र २५० थान कम्बल उपलब्ध गराइएको हो । सुत्केरी हुन नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा आउनका लागि प्रेरित गराउने उदेश्यले उक्त कामको थालनी गरिएको प्रमुख सेजुवालले बताउनुभयो । “अहिले नगरपालिका क्षेत्रका ३२ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने गरेको तथ्याङ्कमा देखिएको छ”, उहाँले भन्नुभयो, “अब शतप्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी गराउन आउनुपर्ने अवस्थाको सिर्जना गर्दैछौँ ।”

अहिलेसम्म नगरपालिकाबाट प्रविधितर्फ रु तीन लाख र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाको यातायात खर्चका लागि रु ३० लाख उपलव्ध गराइसकिएको छ । पहिलो गर्भ जाँचदेखि सुत्केरी भएको ४२ दिनसम्म गर्नुपर्ने स्याहारका बारेमा सबैलाई जिम्मेवार बनाउँदै आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालनमा रहेका उहाँको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ७ : ०३ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री