२०८३, १८ आश्विन सोमबार

एचआईभी सङ्क्रमित बढ्दै

एचआईभी सङ्क्रमित बढ्दै


विदुर, १६ पुस: आज सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार नुवाकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या महीनैपिच्छे बढ्दै गएको पाइएको छ । एचआईभी सङ्क्रमितको पहिचान, हेरचाह र परामर्शमा क्रियाशील त्रिशुली प्लस संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा दुई हजार ५०० एचआईभी सङ्क्रमित रहेका छन् । जसमध्ये ३८८ जनाले एचआईभी सङ्क्रमण न्यूनीकरणको ‘एआरटी’ नामक औषधि नियमितरुपमा सेवन गरिरहेको संस्थाकी कार्यक्रम संयोजक पूजा भण्डारीले बताउनुभयो ।

एआरटी नामक औषधि नियमितरुपमा सेवन गर्नेमा ३० जना बालबालिका, १७४ महिला, १८४ पुरुष रहेका छन् । तीमध्ये १२१ जनाले जिल्ला अस्पताल त्रिशुलीबाट र अन्यले काठमाडौँबाट सो औषधि निःशुल्क लिई सेवन गरिरहेका छन् । समयमै उचित सावधानी नअपनाउँदा र खराब सङ्गतका कारण एचआईभी सङ्क्रमित बढिरहेको तथ्य फेला परेको त्रिशुली प्लसले जनाएको छ । संस्थाले एचआईभी÷एड्सलाई न्यूनीकरण गरी शून्यमा पु¥याउने लक्ष्य राखेको संयोजक भण्डारी बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ६ : ५२ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा