२०८३, २२ आश्विन शुक्रबार

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन


सुर्खेत, १५ पुस: सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । सम्पर्कविहीन तीनै बालिकाको खोजतलास भने तीव्ररूपमा भइरहेको उहाँले बताउनुभयो ।

“१० गते नै सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका उनीहरु कहाँ गए भन्ने यकिन हुनसकेको छैन”, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भन्नुभयो, “११ गते मात्र प्रहरीलाई जानकारी हुँदा उनीहरुलाई भेटाउन सकिएन ।” अहिले भने काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको उहाँले बताउनुभयो ।

पुस १० गते विद्यालयबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केकी निशाकी आमा भगवती सिंहले बताउनुभयो । “निशालगायत यमुना र रिसिमा कहाँ छन् थाहा छैन”, सिंहले भन्नुभयो, “प्रहरीलाई सोध्दा खोजतलासको काम अघि बढाएका छौँ भन्छन् ।”

प्रहरीले मिलन विकलाई सोधपुछ गर्दा उनीहरुलाई सल्लीबजारबाट निःशुल्क आफ्नो गाडीमा छिन्चु ल्याएको र बुटवल फुपूकोमा जान्छौँ भनेपछि छिन्चुबाट १९०४ नंको बसमा नेपालगञ्ज चढाइदिएको बताएका छन् । उनीहरुलाई नेपालगञ्ज लैजाने १९०४ नंको बसमा प्रहरीले बुझ्दा बालिकाले बुटवल जाने भनेकाले कोहलपुर चौराहमा बुटवल लागि छुट्न लागेको गाडीमा छोडिएको जनाइएको छ ।

यता बालिकाका परिवारले आफ्ना नानीहरुलाई जसरी पनि घर फर्काउन आग्रह गर्दै आएका छन् । उनीहरु अहिलेसम्म कहाँ छन् भन्ने कुराको अत्तोपत्तो नभएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ पुस आईतबार  ७ : २४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य