२०८२, २५ भाद्र बुधबार

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन


सुर्खेत, १५ पुस: सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । सम्पर्कविहीन तीनै बालिकाको खोजतलास भने तीव्ररूपमा भइरहेको उहाँले बताउनुभयो ।

“१० गते नै सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका उनीहरु कहाँ गए भन्ने यकिन हुनसकेको छैन”, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भन्नुभयो, “११ गते मात्र प्रहरीलाई जानकारी हुँदा उनीहरुलाई भेटाउन सकिएन ।” अहिले भने काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको उहाँले बताउनुभयो ।

पुस १० गते विद्यालयबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केकी निशाकी आमा भगवती सिंहले बताउनुभयो । “निशालगायत यमुना र रिसिमा कहाँ छन् थाहा छैन”, सिंहले भन्नुभयो, “प्रहरीलाई सोध्दा खोजतलासको काम अघि बढाएका छौँ भन्छन् ।”

प्रहरीले मिलन विकलाई सोधपुछ गर्दा उनीहरुलाई सल्लीबजारबाट निःशुल्क आफ्नो गाडीमा छिन्चु ल्याएको र बुटवल फुपूकोमा जान्छौँ भनेपछि छिन्चुबाट १९०४ नंको बसमा नेपालगञ्ज चढाइदिएको बताएका छन् । उनीहरुलाई नेपालगञ्ज लैजाने १९०४ नंको बसमा प्रहरीले बुझ्दा बालिकाले बुटवल जाने भनेकाले कोहलपुर चौराहमा बुटवल लागि छुट्न लागेको गाडीमा छोडिएको जनाइएको छ ।

यता बालिकाका परिवारले आफ्ना नानीहरुलाई जसरी पनि घर फर्काउन आग्रह गर्दै आएका छन् । उनीहरु अहिलेसम्म कहाँ छन् भन्ने कुराको अत्तोपत्तो नभएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ पुस आईतबार  ७ : २४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा